केकी दुलही बनिन्

मनोरंजन

नायिका केकी अधिकारी अहिले पाल्पामा प्रकाश सपुतको जोडीको रुपमा चलचित्र ‘परदेशी २’को छायांकन ब्यस्त छिन् ।चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी छिन् । केकीले अनलाइनखबरलाई उपलब्ध गराएको तस्वीरमा उनी बेहुली बनेकी छिन् । तर, केकी चलचित्रमा कसकी दुलही बनेकी हुन् यो भने खुलेको छैन ।

चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । बाँकी दृश्यको छायांकनको काम धमाधम भैरहेको बताइएको छ । यो चलचित्र अमेरिकामा अध्ययन गर्ने नेपाली बिधार्थीको कथामा बनेको हो ।

 

Leave a Reply