जन्ती चढेको गाडी दुर्घटना, बेहुला बेहुलीसहित १३ जना ….

सामाचार
धनगढी : गए राति बेहुला बेहुली सहित जन्ती सवार रहेको गाडी डडेल्धुरा राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा बेहुलीसहित १३ जना घाइते भएका छन्।
बैतडीबाट कञ्चनपुर तर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन्।
बेहुलाको टाउकोमा र बेहुलीको हातमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ।

Leave a Reply