एक हप्ता अगाडी श्रीमतीको नाममा सामाजिक संजालमा भाबुक स्टाटस लेखेका पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ ।

सामाचार

कोरोना भाइरस संक्रमण भएका उनको काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । बिक्रम सम्बत २०४८ साल मै सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे । उनि पछिल्लो पटक २०६४ सालमा पनि सांसद बनेका थिए ।लामाको आज निधन भएपनि उनले करिब एक हप्ता अगाडी नै हिम्मत हार्दै आफ्नो पारिवारिक बिलौना सामाजिक संजाल मार्फत सार्बजनिक गरेका थिए ।

उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै निक्कै लामो पत्र लेखेका थिए । श्रीमतीलाई प्रिय सम्बोधन गरेका उनले पुरा पत्रमा गुनासो मात्र गरेका छन ।लामाले श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको भन्दै श्रीमती आफ्नो यस्तो अन्तिम घडीमा समेत हेर्न नआएको गुनासो गरेका छन । उनले जीवन मरणको लडाईको बेलासमेत साथमा नहुने श्रीमतीलाई श्रीमती भनिरहनु औचित्य नहुने समेत बताएका छन ।

३० वर्षको बैबाहिक सम्बन्धमा ६/७ महिना ज्यादै दुखद रहेको लामाले खुलाएका छन ।लामाले सामाजिक संजाल फेसबुकमा अन्तिम स्टाटस लेख्दै भनेका छन् – ‘यदि कथंम म मरे पनि मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !’

 

Leave a Reply