करोडौँको काण्ड बाहिरिएपछि नारायणकाजीको राजीनामा ! राजीनामाबाट जोगिन नारायणकाजी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् ।

राजनिति सामाचार

    अनैतिक सम्बन्ध र अपारदर्शी आर्थिक चलखेलको भण्डाफोर भएको भिडियो र अडियो सार्वजनिक भएपछि सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको दौडधुप सुरु भएको छ । पार्टीभित्रैबाट राजिनामा दिनुपर्ने माग जोडदार रुपमा उठेको हो । राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको छ । उनले राजीनामा दिनुपर्छ भनी नेकपाभित्र तथा सार्वजनिक रुपमा व्यापक आवाज उठिरहेको छ ।

अहिले उठेका प्रश्नहरुको निरुपण भएपछि नारायणकाजीले पनि राजनीतिमा पुनरागमन गर्न सक्ने तर हालका लागि राजीनामाको विकल्प छैन भनी नेकपाभित्र माग उठेको छ ।  तर नारायणकाजीले पद जोगाउन अभियान थालेका छन् । उनले बिहीबार राति पूर्व जनमोर्चाका नेता कार्यकर्ताहरुको भेला आफ्नो निवासमा बोलाएका थिए । निकटहरुको भेलामा नारायणकाजीले आफूलाई डुबाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल लागिपरेको बताएका छन् । बादलले आफूलाई मात्र नभएर पूर्व जनमोर्चाका कसैलाई बाँकी नराख्ने पनि नारायणकाजीले बताएका छन् ।

प्रचण्ड निवास निकट स्रोतका अनुसार नारायणकाजी बिहानै प्रचण्डकोमा पुगेका हुन् । निवासमा प्रचण्डलाई भेट्न पुगेका कार्यकर्ताहरुलाई बाहिर राखेर प्रचण्ड र नारायणकाजी बीच एक घन्टाभन्दा धेरै एकान्त वार्ता भएको छ । त्यसपछि उनीहरुको वार्तामा माधव र झलनाथ मिसिएका थिए ।  नैतिकताको प्रश्न उठेपछि नेकपाका नेताहरु शेरबहादुर तामाङ, कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए  । उनीहरु तीनैजनाले सफाई पाइसकेका छन् र शानदार ढंगले राजनीतिमा पुनरागमन पनि गरिसकेका छन्।  यो प्रकरणपछि प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी बीच छलफल भएको तर उनीहरुको छलफलमा केके भयो भन्ने जानकारी प्राप्त हुन सकेको छैन ।

Leave a Reply