अनौठो मन्दिर जहाँ मुसाले झुठो पारेको दूध खाए मनोकामना पूरा हुन्छ!!

सामाचार
हिन्दुहरु देबि देवता अनि मठमन्दिरमा पुजा गर्ने प्रचलन परापुर्व काल देखिनै रहि आएको कुरा कसैले नकार्न सक्दैन तर हाम्रो छिमेकि मुलुक भारतको राजस्थानमा अबस्थित एउटा यस्तो मन्दिर छ, जुन सुन्दा पनि अचम्म लाग्छ।राजस्थानमा रहेको “किरनि माता मन्दिर” ले प्रख्यात यो मन्दिरमा हजारौको संख्यामा मुसाहरु छन् ,जसले गर्दा यो मन्दिरलाई मुसा वाला मन्दिरले पनि चिनिन्छ।
लाखौ भक्तजनहरु मन्दिरमा आएर माताको दर्शन गर्छन र त्यहाँ भएका मुसाहरुलाई दूध अर्पण गर्छन्।आश्चर्यको कुरा के छ भने, मुसाले झुठा लाए पछि त्यो दूध प्रसाद स्वरुप ग्रहण गर्दा भक्तजनहरु शुभ सगुन मान्ने र मनोकामना पूरा हुने बिस्वास रहदै आएको छ।
पुजारिका अनुसार जुन भक्तजनको खुट्टा माथिबाट मुसा हिड्छ, त्यो भक्तजनहरुको मनोकामना माताले पुरा अबस्य गरिदिन्छ भन्ने मान्यता छ।त्यसैले पनि भक्तजनहरु त्यो मन्दिर जाँदा कहिल्यै खुट्टा माथि उचालेर हिड्दैनन्, खुट्टा घिसारेर हिड्छन ताकि मुसा मैताला मुनि नपरोस्।मन्दिरमा रहेका मुसाहरु कहिल्यै बाहिर जाँदैन र बाहिरबाट कुनै बिरालाहरु पनि आउदैनन्।

Leave a Reply