मन्त्री पद पाएपछि गुलियो चाट्न ओलीतिर : रावल

सामाचार

नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थाई कमिटि सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भिम रावलले नव नियुक्त मन्त्रीहरुलाई गुलियो चाट्न गएको भन्दै कटाक्ष गरेका छन् । बर्तमान सरकारका प्रधानमन्त्री केपी सर्मा ओलीले संसद बिघटननै गरेर पदच्युच भइसकेकाहरु अहिले गुलियो चाट्नका लागी मन्त्री बनेको उनले बताएका हुन् ।संसद् विघटनको विरोधमा नेपका प्रचण्ड–नेपाल पक्षले आज धनगढीमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले भने–‘प्रतिनिधि सभा सदस्यसमेत नरहेका कतिपय व्यक्तिहरु गुलियो चाट्न लज्जापूर्वक मन्त्री भएका हुन ।’

उनले वर्तमान सरकारले कतिपय व्यक्तिलाई चोरलाई साँचो दिए जस्तो मन्त्री पद् दिएको टिप्पणी गरे ।नेता रावलले वर्तमान सरकारले देशभक्तिको ठूलठूला कुरा बोल्ने गरे पनि व्यवहारमा भने कमजोर रहेको टिप्पणी गरे । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा पनि प्रधानमन्त्रीले बाध्य भएर प्रकाशित गरेको उनले बताए । ‘नक्शा किन चाहियो ? नक्शामा चुच्चे भूमि राख्नै पर्छ र ? भनेर उहाँले प्रश्न गर्नुहुन्थ्यो’, रावलले भने । ‘हामीले सदन र देशभक्त जनताले सडकबाट दबाब दिएपछिमात्रै उहाँले बाध्य भएर नक्शा प्रकाशित गर्नु भएको हो ।’

केपी ओली भन्ने निरकुंस मान्छे कहाबाट आयो

रावलले प्रधानमन्त्री केपी ओलीको निरंकुशतन्त्र नचल्ने बताए । उनले भने, ‘०४६ सालको आन्दोलनमा पञ्चायत ढल्यो, ०६२–०६३ सालको आन्दोलनले निरंकुश राजतन्त्र ढल्यो । ५ वर्षको लागि झापाबाट निर्वाचित केपी ओलीले मेरो निरंकुशतन्त्र चल्ला भनेर कसरी कल्पना गर्नुयो ? कसैको स्वेच्छाचारिताका लागि जनताले रगत बगाएका हैनन्। दुई वर्षमा संविधानमाथि बुट बजारेर निर्वाचन गर्न जनमत दिएका होइनन् ।’
ओलीले जनमतको खिल्ली उडाएको आरोप रावलले लगाए ।

उनले भने, ‘सरकार नवउदारवादी बाटोमा गइरहेको छ । सरकारले कृषिमा विदेशीलाई निम्तो गर्ने रे । अब तपाईंहरुले गरेको माछापालन बन्द हुनेछ, गाईपालन बन्द हुनेछ, तरकारी खेती बन्द हुनेछ ।’
देशभरिका जनताले मत दिएर केपी ओली प्रधानमन्त्री नभएको दाबी गर्दै उनले भने, ‘राणाले, पञ्चायतले, कांग्रेसले नगरेको काम केपीले गरे । केपी ओली भन्ने निरंकुश र जनविरोधी मान्छे कताबाट आयो हँ ?’

ओलीले पटक पटक देशको स्वाभिमान गुमाए

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक देशको स्वाभिमान गुमाउने काम गरेको आरोप लगाए । प्रधानमन्त्री ओली बिरुद्ध निकै आक्रामक देखीएका रावलले ओलीको राष्ट्रबाद खोक्रो रहेको जिकिर गरे ।‘मन्त्री मन्डलको बिस्तार पनि गैर संबैधानिक कार्य हो ।

सदन बिघटन गरेर के को मन्त्री परिषद बिस्तार हुन्छ,’ रावलले भने,’ ओलीको काम जनबिरोधी र संबिधान बिरोधी कार्य गर्ने मात्रै हो , अरु केही होइन ।’ ओली सरकारमा गएका केही मन्त्रीहरुले सरकारलाई काम गर्न दिएन भनेर गुनासो गर्नु मा कुनै सत्यता नभएको उनको भनाइ छ ।
नेता रावलले एम सि सी पास गराउनु राष्ट्रघात भएपनी यसैलाई पास गराउन सदन बिघटन गरीएको बताए ।

‘नेकपा पार्टीको कुनै बिधी बिधान ओली ले कहिले मानेनन्,’ नेता रावलले भने,’ यस्तो स्वच्छाचारी अध्यक्षलाई कसरी मान्ने , दलिय ब्यबस्थामा पार्टीको घोषणा पत्र अनुसार सबै चल्नु पर्दछ।’ ओलीले आफुले गरेका सम्झौता पार्टीमा कहिले कार्यान्वयन नगरेको रावलको दाबी छ ।

Leave a Reply