लोडसेडिङको तालिका आउला तर कुलमान आउँदैन, : उर्जा मन्त्री रायमाझी

राजनिति सामाचार

उर्जामन्त्री टोप बहादुर रायमाझीले कुनै पनि हालतमा नेपाल बिधुत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आउन सक्ने सम्भाबना नरहेको दाबी गर्नुभएको छ । यस अघी कुल मान लाई प्रमुख हुँदा प्राधिकरणले गरेको राम्रा कामको जस सरकारलाई र मन्त्रीलाई नगएको कुलमान ब्यक्तिगत रुपमा मात्र हिरो बनेकोले अब उनको नियुक्तिको कुनै सम्भाबना नरहेको प्रष्ट पार्नुभएको छ ।

देशमा धेरै राम्रा मान्छेहरु रहेकोले अब कुल मान मात्र भनेर रोइहिन्नुनपर्ने समेत वताउनुभएको छ । प्रधानमन्त्रीले नरुचाएको ब्यक्ती जोसुकै भएपनी यो सरकार ले कतै नियुक्ती नदिने कुरामा ढुक्क रहन सबैलाई अनुरोध गर्दै भन्नुभयो बरु लोडसेडिङको तालिका आउनसक्छ तर कुलमान आउनी चान्स छैन ।

Leave a Reply