कन्सर्ट हेर्न जाँदा भीडमा किचिएर इलामकी अनिताको मृत्यु

सामाचार

पुस २१, इलाम : कालिङपोङको मला ग्राउण्डमा आयोजित एक कन्सर्टमा भिडमा किचिएर इलामकि अनिता क्षेत्रिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इलामको नविनचोकमा सनसाईन खाजा घर सञ्चालन गरिरहेकी उनको स्थायी ठेगाना हालसम्म खुलेको छैन । आइतबार भारतको कालिङपोङमा म्याड डगले आयोजना गरेको कन्सर्टमा नेपालका हिप हप र्यापर लाउरे उर्फ आशिष रानाले प्रस्तुति दिने तयारी गरेका थिए । भीडमा किचिएर उनीसँगै स्थानीय ३४ बर्षिय बनिता गुरुङको पनि मृत्यु भएको थियो भने अन्य ५ जना घाइते भएको केटिभी कालिङपोङले जनाएको छ ।

साङ्गीतिक कार्यक्रम अवधि गेटमा भिड धेरै हुँदा ठेलाठेलमा लडेर भिडले कुल्चन्दा ५ जना गम्भीर घाइते बनेका थिए भने उक्त घटनामा कालेबुङ चन्द्र लोक वार्निङ गोलाइ निवासी ४६ बर्षिया अनिता छेत्रीको घटना स्थलमै मृत्यु भएको थियो भने चन्द्रलोक निवासी ३९ बर्षिया बनिता गुरूङको राति १० बजे कालेबुङ जिल्ला अस्पतालमा मृत्यु भएको हाम्रो सानो लोदमले जनाएको छ ।

Leave a Reply