प्रधानमन्त्री ओलीले चाले यस्तो कडा कदम! प्रदेश सभा पनि विघटन गर्ने पक्षमा

राजनिति सामाचार

भर्खरै संघीय संसदको प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा पनि विघटन गर्ने संकेत गरेका छन् ।प्रधानमन्त्री ओलीको पार्टी अहिले दुई भागमा बिभाजित छ । एक् खेमाको ओली आफैंले नेतृत्व गरिरहेका छन् भने अर्को खेमाको नेतृत्व माधवकुमार नेपाल र प्रचण्डले गरिरहेका छन् ।

प्रधानमन्त्री ओली आफ्नो खेमा कमजोर भएका प्रदेश सभाहरु विघटन गर्न चाहन्छन् । पार्टीमा दुई धार अलग भएसँग प्रदेश १, बागमति, सुदुरपश्चिम, कर्णाली लगायतका प्रदेशमा किचलो देखिएको छ । आफू कमजोर रहेका प्रदेशहरुमा ओलीको नजर रहेको बताइन्छ ।यसको संकेत ओलीले नेतृत्व गरेको नेकपाका नेता तथा मन्त्री लेखराज भट्टले दिइसकेका छन् । उनले प्रदेशसभा रहने वा विघटन गर्ने सम्बन्धमा पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेको मन्त्री भट्टले भने, ‘स्थायी कमिटिको बैठकबाट यसको निर्क्यौल हुनेछ ।’
उनले प्रदेशका गतिविधि र व्यवहारलाई गम्भीरतापूर्वक हेरिरहेको बताए । भट्टको भनाई अनुसार केपी ओली पक्षधर कमजोर भएको सुदुरपश्चिम प्रदेश सभा पनि विघटन हुन सक्छ ।

Leave a Reply