यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले पनि यस्तो गल्ती त गरिरहनु भएको छैन ?

सूचना प्रविधि

एन्ड्रोइड स्मार्टफोन आउनु अघिका मोबाइलहरु केवल कल तथा म्यासेज गर्नमै सीमित हुने गर्दथे । तर अहिलेको स्मार्टफोनको जमानामा मोबाइलको प्रयोग अनेक कामका लागि हुने गरेको छ ।जसले गर्दा मोबाइलको ब्याट्रीको खपत पनि बढेको छ । यससँगै फास्ट चार्जिङ प्रविधि अहिलेका अधिकतम स्मार्टफोनमा देख्न सकिन्छ ।

तर अक्सर प्रयोगकर्ताहरु आफ्नो स्मार्टफोन स्लो चार्ज हुँदा हैरानीमा पर्ने गरेका छन् । स्मार्टफोन ढिलो गरी चार्ज हुनुमा कयौं कारण हुन सक्दछन् । जसमा त्यति छिटो ध्यान गरिरहेको हुँदैन ।यदि तपाईंको स्मार्टफोन पनि स्लो चार्ज हुने गर्दछ भने आज हामी तपाईंलाई त्यसको सम्भावित कारणको बारेमा बताउँदै फास्ट चार्ज गर्नका लागि उपयोगी टिप्स दिँदै छौं ।

१. फोन चार्ज गर्दा सक्कली चार्जर मात्रै प्रयोग गर्नुहोस्

स्मार्टफोन चार्ज गर्दाको समय सदैव सक्कली अर्थात् स्मार्टफोनसँगै आउने चार्जर मात्र प्रयोग गर्नुहोस् । बजारमा मिल्ने चार्जर सस्ता तथा नक्कली चार्जर सकेसम्म प्रयोग नगर्नुहोस् । यसो गर्दा स्मार्टफोन पड्किने तथा बिग्रिने सम्भावना समेत बढी हुन्छ ।

२. जहिल्यै ब्याक कभर हटाएर चार्ज गर्नुहोस्

हामी सबै स्मार्टफोनलाई सुरक्षित राख्नका लागि ब्याक कभर प्रयोग गरिरहेका हुन्छौं । तर तपाईंलाई थाहा छैन होला ब्याक कभर लगाएर स्मार्टफोन चार्ज गर्दा फोनमा रहेको तातोपन बाहिर निस्किन पाउँदैन र तात्न पुग्छ ।तातो अवस्थामा फोनको ब्याट्रीको इफिसेन्सी कम हुने गर्दछ भन्ने कुरा ख्याल राख्नुहोस् । यदि तपाईंले कभर हटाएर चार्ज गर्नु भयो भने तपाईंको फोन कम तात्नेछ र फोन चार्ज समेत छिटो हुनेछ ।

३. बजारको नक्कली डेटा केबल प्रयोग नगर्नुहोस्

प्रायः फोनसँगै आउने डेटा केबलहरु छिट्टै बिग्रिरहेका हुन्छन् र प्रयोगकर्ताहरु कामचलाउ रुपमा सस्ता र नक्कली डेटा केबल प्रयोग गरिरहेका हुन्छन् । कतिपय समय त अरु स्मार्टफोनका चार्जरको प्रयोग समेत गर्ने गरिएको हुन्छ ।तर यस्तो गल्ती नगर्नुहोस् । सकेसम्म सक्कली डेटा केबल नै प्रयोग गर्नुहोस् । नक्कली डेटा केबलको प्रयोगले केवल चार्ज स्लो मात्रै गराउने होइन, तपाईंको फोन समेत खराब हुन सक्दछ ।

४. चार्ज गर्दा फोनको मोड परिवर्तन गर्नुहोस्

आफ्नो स्मार्टफोन फास्ट चार्ज गर्न चाहनुहुन्छ भने तपाईंले चार्जिङ मोडको विषयमा समेत जानकारी राख्न जरुरी छ । पावर सेभिङ मोड तथा ब्याट्री सेभेर मोडमा राखेर चार्ज गर्नुहोस् ।यसो गर्दा फोनमा रहेका अतिरीक्त ब्याकग्राउण्ड एप बन्द हुन पुग्छन् र स्मार्टफोन फास्ट चार्ज हुन थाल्दछ ।

५. फोनलाई स्विच अफ गरेर चार्ज गर्नुहोस्

तपाईं फोन स्विच अफ गरेर समेत आफ्नो स्मार्टफोन चार्ज गर्न सक्नुहुन्छ । यसरी चार्ज गर्दा स्मार्टफोन चाँडो चार्ज हुन थाल्दछ ।
किनभने यस्तो अवस्थामा नेटवर्क सिग्नल तथा फोनमा रहेका एपहरु बन्द हुन पुग्छन् । जसले गर्दा फोन फास्ट चार्ज हुन थाल्दछ ।

Leave a Reply