को हुन् यी महिला जसले वार्षिक पौने दुई करोड तलब सुविधा लिन्छिन्?सुन्दा अचम्म लाग्न सक्छ!!

सामाचार

काठमाडौं–नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सशक्तिकरण भएको छ । राजनीतिक क्षेत्रमात्र नभएर अन्य क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । आर्थिक रुपमा महिलाको पहुँच कम । तर, पछिल्लो समय आर्थिक क्षेत्रमा पनि केही महिला सक्षम र नेतृत्वदायी भूमिकामा महिला छन् । जसले उनीहरुले उच्च तलब सुविधा बुझिरहहेका छन् । धेरै तलब सुविधा बुझ्ने मध्येकी एक महिला हुन् अनुपमा खुञ्जेली । खुञ्जेली मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । उनको वार्षिक तलब,भत्ता सहितको सुविधा बापत गत आर्थिक वर्ष पौने दुई करोड रुपैयाँ बुझेकी छिन् । उनी सम्भबतः नेपालमा सबैभन्दा धेरै तलब बुझ्ने महिलामा पर्छिन् ।

नेपालमा सरकारी क्षेत्रमा सबैभन्दा धेरै तलब खाने राष्ट्रपति हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ हुन्छ । यसरी हेर्दा वर्षभरीको राष्ट्रपतिको तलब मात्र हेर्ने हो दसैंसमेत जोडेर १३ महिनाको हिसाब गर्दा २३ लाख सात हजार नौ सय तीन रुपैयाँ हुन्छ ।

खुञ्जेली वाणिज्य बैंकहरुमध्ये एक मात्र महिला सिइओ हुन्् । बैंकको आर्थिक वर्ष ०७६÷७७ को आर्थिक प्रतिवेदन अनुसार खुञ्जेलीले वार्षिक एक करोड ७० लाख रुपैयाँ तलब सुविधा बुझेकी छिन् । आफ्ना व्यक्तिगत कम्पनीमा कसैले धेरै तलब तोकेको भए पनि अरुको कम्पनी वा संस्था वा निकायमा काम गरेर धेरै तलब बुझ्ने महिला खुँजेली हुन् । पुरुषहरु भने खुँजेलीले भन्दा धेरै तलब खाने धेरै छन् ।

Leave a Reply