प्रदीप ज्ञवालीले सिमा मुद्दालाई सशक्त रुपमा उठाएपछि नयाँ दिल्ली तरंगित

राजनिति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दूतका रुपमा भारतको नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय प्रमुखताका साथ उठाएका छन् । आफ्ना समकक्षी एस जयशंकरसँग भेटका क्रममा मन्त्री ज्ञवालीले सीमा विवादको कुरा उठाएका हुन् ।ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन शुक्रबार विहान दिल्ली गएका थिए ।

नेपालले सीमा विवाद र भूमि फिर्ताको आवाज सशक्त रुपमा उठाएपछि भारत तर्सिएको छ । उसले यो मुद्दालाई पन्छाउन मात्र खोजेको देखिएको छ ।नेपालले संयुक्त बैठकमै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको विवादलाई एजेण्डा बनाउन लबिङ गरेको थियो । तर डराएको भारतले मानेन । पछि छलफल गर्ने भन्दै टारिदिएको छ ।

भ्रमणका क्रममा इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सको कार्यक्रममा मन्त्री ज्ञवालीले सीमा विवादका केही विषयहरु थाँती रहेको भन्दै नेपालले भारतसँग वार्ताको सुरुवात गर्न चाहेको बताए ।मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सीमांकन बाँकी रहेको बताए । त्यसलाई पूर्णता दिन संवादको लागि नेपाल तयार रहेको र निष्कर्षमा पुग्न विश्वास तथा दायित्वको दायरालाई विस्तारित गर्नुपर्ने उनको भनाइ थियो ।

Leave a Reply