अब लाइन बसेर  हैन, अनलाइन बाटै सरकारि काम गर्न मिल्ने सरकारले ल्यायो ‘नागरिक एप

सामाचार सूचना प्रविधि

काठमाडौं । सरकारले ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ । सरकारले प्रदान गरिने सबै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फमबाट सेवाप्रवाह गर्ने लक्ष्य बमोजिम एप सञ्चालनमा ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका एक पत्रकार सम्मेलन गरेर एप सार्वजनिक गरिएको हो ।

अब एउटै एपबाट विभिन्न सरकारी अनलाइन सेवाहरु प्राप्त गर्न सकिने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने छ ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिन सकिनेछ ।‘लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Leave a Reply