अनमोल भर्षेस पुजा, कस्काे स्टारडम र चर्चा बढी ?

मनोरंजन

पछिल्लो पुस्ताका सबैभन्दा हिट कलाकार हुन् पुजा र अनमोल । यी दुईले खेलेको फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने विश्वास गरिन्छ ।यी दुईले अहिलेसम्म एकै फिल्ममा कामभने गरेका छैनन् । तर फिल्मी वृत्तमा यी दुईको स्टारडमकाे राम्रो बहस हुनेगर्छ । सामाजिक सञ्जालमा यी दुईका फ्यान फलोइङ् राम्रो रहेको देखिन्छ । समयसमयमा यी दुई कलाकारका फ्यानहरु सामाजिक सञ्जालमा भिडिरहेकाे पनि देखिन्छ ।

खासगरी यी दुईको बक्स अफिस रेकर्ड र सामाजिक सञ्जालकाे फ्यान फलोईङ नियाल्दा धेरैलाई काे ठुलो स्टार हुन् भन्ने प्रश्न खडा हुन सक्छ । हुनत महिला कलाकार र पुरुष कलाकारकाे तुलना हत्तपत्त गरिदैन । तर कलिउड हंगामा र ब्यक्तिगत रुपमा मैले सधैं धरातल र यथार्थमा आधारित भएर समाचार र गसीप लेख्ने हुदाँ मैले कुनै लैङ्िगकताकाे आधारमा नभई हकिकतकाे आधारमा याे लेख तयार पार्दै छु ।वास्तवमा सामाजिक सञ्जाल र झुट बक्स अफिसको सहारामा देखाइएको फेक स्टारडम र पैसा लगानी गरेर खडा गरिएको सामाजिक सञ्जालकाे फेक फ्यानफलाेईङ्लाई आधार मानेर काे ठुलो स्टार भनेर स्पस्ट रुपमा भन्न सकिदैन ।

तुलनात्मक रुपमा यी दुईकाे अन्य कलाकार भन्दा केही धेरै फ्यान भएको र बक्स अफिसमा पनि केही राम्रो नतिजा ल्याएको यथार्थलाईभने नकार्न सकिदैन । त्यसैलाई आधार मान्ने हाे भने पनि पछिल्लो समयमा प्रदिप खड्का र पल शाहा तथा राम्राज्ञी राज्यलक्ष्मी शाह पनि यी दुई बराबरकै स्टारडम भएको कलाकार हुन् । त्यसैले तुलना गर्नु उचित नहुन सक्छ ।

Leave a Reply