भट्टराईको प्रस्ताव- ‘संघीय राजधानी काठमाडौं बाहिर सारौं’

सामाचार

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टरार्यले संघीय राजधानी काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अघि सार्नुभएकाे छ ।आज (मंगलबार) सामाजिक सञ्जालमा ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले विकास र संरक्षणबीचको अन्तर सम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गर्नुभएकाे छ । उहाँले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू–उपयोग नीति लागू गर्न समेत माग गर्नुभएकाे छ ।

काठमाडौं महानगरपालिका–१ स्थित ऐतिहासिक महत्व बोकेको कमलपोखरीलाई पुनर्निर्माणका क्रममा मौलिकता मास्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेका बेला डा. भट्टराईले संघीय राजधानी नै काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अगाडि सार्नुभएकाे हाे ।काम रोक्न पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भए पनि सो को बेवास्ता गर्दै सोमबार साँझ डोजर नै चलाएकाे थियाे ।

पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको पत्रचारलाई महानगरले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।यसै सिलसिलामा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमलपोखरी निर्माणलाई लक्षित गर्दै काठमाडौं कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने संकेत गर्नुभएकाे हाे ।

‘विकास र संरक्षण वीचको अन्तर सम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो । तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं ! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं !’ उहाँले लेख्नुभएकाे छ ।

Leave a Reply