ढल्यो एउटा बलियो खम्बा, कृष्ण कंडेलले पनि ढोगेर गरे अन्तिम बिदाइ

सामाचार

काठमाडौं – लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ थिए । उनको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गायक बानियाँको ‘लडाईँको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि चर्चामा छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका उनले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आएका थिए ।

Leave a Reply