ल्यायो NTC ले आज राती १२ बजे देखि लागू हुने गरि अहिले सम्मकै सस्तो डाटा अफर !

सामाचार सूचना प्रविधि

नेपाल टेलिकमले अहिले अटम अफरमा सुविधा थप गरि ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ग्राहकहरु समक्ष ल्याएको छ। NTC ले पहिलाकाे अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक दिएको थियो,सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको ।

ग्राहकहरुले उक्त कम्बो प्याकअन्तर्गत २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल गर्न सकिन्छ र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिनेछ। NTC ले ग्राहकहरुको अाबस्यक्ता र सुलभ होस् भन्ने उदेश्यले यो अफर ल्याएको हो।ईन्टरनेट प्रयोग कर्ताहरुको बढ्दो संख्यालाई मध्यनजर गरि सबैको पहुचमा सुबिधा ल्याईएको हो।

यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल गर्न सकिने जानकारि दिएको छ।प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ। कम्पनीका अनुसार माथि उल्लेख गरिएका सबै दरहरु कर सहितका हुन्। परिमार्जन गरिएको अफर शुक्रबार राति १२ बजेपछि लागू हुने कम्पनीले जानकारी दिएको छ।

Leave a Reply