यहि माघ १३ गतेबाट जनतालाई अान्दोलनमा सहभागी हुन प्रचण्ड-माधबको अनुरोध!

सामाचार

ने.क.पा. प्रचण्ड-माधब पक्षले तेस्रो चरणको अान्दोलन कार्यक्रमको घोषणा गरेको छ।दुई चरणको कार्यक्रम सफल भएको निष्कर्ष सहित सो समुहले अाज पत्रकार सम्मेलन गरेर तेस्रो चरणका अान्दोलनको कार्यक्रम घोषणा गरेको हो।भोलि देखि माघ २८ गते सम्म अान्दोलनका कार्यक्रम सार्बजनिक गरिएको छ।घोषित कार्यक्रम अनुसार माघ १३ गते काठमाण्डौमा सिटि जुलुस,१४ गते देखि २१ गते सम्म माईतिघर मण्डलामा धरणा र माघ १६ गते जुलुस सहित सहिदहरुलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ।

यसै गरि माघ १५ गते बुटबल, माघ १६ गते बिराटनगर र १७ गते धनगढिमा बिरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको छ।माघ २२ गते काठमाण्डौमा युवा र्यालि,२६ गते देश ब्यापि मसाल जुलुस र २८ गते काठमाण्डौमा बिरोध सभा गर्ने घोषणा पनि गरिएको छ।प्रधानमन्त्रि के.पि.अोलिको सिफारिसमा राष्ट्रपति बिधादेबि भण्डारिले गत पुस ५ गते प्रतिनिधिसभा बिघटन गरे पछि प्रचण्ड-माधब समूह निरन्तर अान्दोलनमा छ।

 

Leave a Reply