१ बर्ष संगै बस्दा धेरै पटक बच्चा फाल्न लगायो! के दलित हुनु अभिशाप हो?भन्दै अाशा रुदैं अाईन् मेडियामा!!

सामाचार

बाँके जिल्ला समशेरगँजकि २०बर्षिय अाशा बि.क.ले १२ सम्मको अद्ययन पूरा गरेकि छिन्।अाज भन्दा ३ बर्ष पहिला मेला हेर्न जाने क्रममा उनकै गाउँ भन्दा पारि गाउँको खरण खत्रि भन्ने युबकसंगको चिनजान पछि प्रेममा पर्छिन्।समय बित्ने क्रममा अाशा र करण बिच घनिष्ट माया प्रेम बसेपछि अब एक अर्का बिबाह बन्धनमा बाँधिने निधो गरे।तर यो जातपातलाई धेरै महत्व दिने पापि समाजको डरले घरपरिवारलाई थाहा नै निदिई करणले अाशालाई बिहे गरि नेपालगञ्जमै एउटा कोठा भाडामा राख्छन्।

जसो तसो बैबाहिक जीवन राम्रै गरि चलेको थियो तर समय बित्दै गए पछि करणको ब्यबहारमा अलि फरक देखिदै गयो।अाशाले अाफ्नो अाशु थाम्दै भकानिदै भनिन् “हाम्रो जात नमिल्ने भएकोले घर परिवारले मलाई स्विकारेनन् तर एक दुई बर्ष पछि बोलाउने भनेका थिए।करण प्राय केही बहाना गरेर घर जान्थे तर मलाई कहिले लगेन, जबकि म मेरि एक्लि अामालाई एक्लै छाडेर उसैको बिस्वास अनि मायाले म अाए।मैले कहिलै पनि घर जानलाई रोकछेक गरिन र उसका बाबा ममिलाई पनि अाफनै बाबा अामा जस्तै व्यवहार गर्थे जबकि मलाई घरपरिवारले स्विकारेका पनि थिएनन् र घर पनि लगेका थिएनन्।

जसलाई मैले अाफ्नो सर्वस्व ठानेर उसको जिबनमा अाए तर अाज उहीँ म संग छैन।धेरै चोटि सम्पर्क गर्न खोजे तर फोन नै लाग्दैन।उसको सबै साथिहरुलाई पनि सोधे तर कतै बाट पनि पत्तो लागेको छैन।अझ अाशाले त यति सम्म सहेकि रैछन, पटक पटक अामा बन्न खोज्दा करणले नबशिशुलाई विभिन्न अौषधिहरुको सेबन र प्रयोग गराई अामा हुनबाट बन्चित पनि गराईएको रहेछ।बच्चा फाल्ने क्रममा एक पटक स्वयम् अाफै पनि पाँच दिन सम्म अाई.सि.यु. मा भर्ना भएको कुरा बताईन्।अाशा बिकको मार्मिक कथा अनि ब्यथा सुन्नलाई तलको भुडियो क्लिक गरि हेर्नू होला।

 

Leave a Reply