युवतीसंग होटेलमा गएका विवाहित २७ बर्षीय युवकको होटेल रुममै रहस्यमय मृत्यु

सामाचार

काठमाडौं– धुम्बाराही स्थित भिभोर होटेलमा एक २७ बर्षीय युवकको रहस्यमय मृत्यु भएको छ । सोमबार बिहान काठमाडौँको धुम्बाराहीस्थित भिभोर होटेलमा एक युबतिसंग गएका थिए ।उनिहरु बसेको होटलको रुममा धेरै बेर सम्म खानपिन अनि सर्भिसको माँग नअाए पछि होटेलका कर्मचारीहरु बुझ्न भनि कोठामा पुग्दा युबतिले युबकको मृत्यु भएको जानकारि गराईन्।अबस्था र स्थिति एक दमै गम्भीर र अापतिजनक भएकोले  होटेलका कर्मचारिहरुले तत्काल प्रहरी प्रशासनलाई खबर गरेका थिए । युवकको अचानक मृत्युको खबरले त्यहाको माहोल एक दमै कोलाहलपूर्ण भयो।मृत्यु भएको खवर पाए लगत्तै ठुलो संख्यामा मृतकका आफन्तहरु भिभोर होटेल पुगेका थिए ।

बस्तुस्थिति र माहोल अनुसार युवतीले नै युवकको हत्या गरेको आफन्तहरुको आरोप छ । मृतक युबक र युबति मात्र होटलको कोठामा रहेको हुनाले घट्नाको मुख्य अारोपि सोही युवती तिर निर्देश गरिएको छ।मृतक युवकको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले संगै गएकी युवतीलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान थालेको छ । मृतक युवकका आफन्तहरुले यस घट्नालाई गम्भिररुपमा लिएका छन् भने घट्ना स्थलमा शोक र रुवाबासी चलेको थियो ।

Leave a Reply