काली भएकै कारण अमेरिकाबाट फर्कन बाध्य प्रियंका चोपडा!(१० कामुक तस्बिर सहित)

मनोरंजन

कुनै बेला बलिउड फिल्म नगरिमा सर्बाधिक चर्चित नायिका रहेकि प्रियंका चोपडा अहिले पनि त्यति नै चर्चामा अाई रहन्छ। चोपडा हाल अमेरिकी गायक निक जोन्सका साथ विवाह गरेर अमेरिकामा बसोबास गरिरहेकी छिन्। फिल्म क्षेत्रमा सफल भएकि प्रियंकाले बलिउडमा मात्र नभई हलिउड फिल्म उद्योगमा पनि तहल्का मच्चाइसकेकी छिन्।
तर प्रियंकाले कुनै बेला भारतीय मूलकी र कालो वर्णको भएकै कारण अमेरिकाबाट आफ्नो पढाइ नै छोडेर भारत फर्किनुपरेको थियो। प्रियंकाले हालै पीपल म्यागेजिनसँगको कुराकानीका क्रममा आफ्नो जिन्दगीसँग जोडिएका केही यस्तै अंशहरु शेयर गर्दै यो खुलासा गरेकी हुन्।

अमेरिकामा रहदा केटी साथिहरुले म काली भएका कारण मेरो मजाक उडाउने गर्थे। उनीहरु मलाई ब्राउनी तिमी आफ्नै देशमा फर्केर जाउ भन्ने गर्थे।
प्रियंकाले आफू १३ वर्षको हुँदा पढ्न भनेर अन्टी संग अमेरिका गएको र अमेरिका गएको ३ वर्षमै भारत फर्केर आउनुपरेको कारण खुलाउँदै भनेकी छिन्– ‘म अमेरिकाको स्कुलमा पढ्दा मेरोजस्तै उमेरका अमेरिकन केटीहरुले म काली भएका कारण मेरो मजाक उडाउने गर्थे। उनीहरु मलाई ब्राउनी तिमी आफ्नै देशमा फर्केर जाउ भन्ने गर्थे।’

त्यस बखत साथिहरुले काली भन्दा मलाई नराम्रो महसुस हुन्थ्यो र मेलै अाफ्नो आत्मविस्वास नै गुमाउनु परेको थियो। वर्णको आधारमा मजाक उडाएका कारण मेरो स्वास्थ्यमा पनि असर गरेपछि मैले आफ्नो मातापिताको साथ भारत फर्किने निर्णय गरेकी थिएँ।’अमेरिकाको पढाइ छोडेर भारत फर्केकी प्रियंकाले भारतको मध्यप्रदेशको बरेलीस्थित आर्मी स्कुलबाट पढाइ पूरा गरेकी थिइन् । मिस इन्डियामा सहाभागी प्रियंकाले सन् २००० मा मिस वर्ल्डको उपाधि जितेपछि पछाडि कहिल्यै पनि फर्किनु परेन।

प्रियंकाले यसै म्याक्जिनसंगको कुराकानीमा  भनेकी छिन्– ‘मलाई लाग्छ मेरो अमेरिका छोडेर भारत फर्किने निर्णय निकै राम्रो थियो। किनभने यसले गर्दा मैले आफ्नो आत्मविश्वास फेरि फर्काउन सफल भएँ र म यस कुरामा कुनै शहरलाई दोष दिन चाहन्न। मलाई लाग्छ त्यो बेला ती अमेरिकन केटीहरु मलाई दुःख दिनका लागि ममाथि त्यस्तो व्यवहार गर्ने गर्थे तर मलाई कुनै अापति छैन।एजेन्सी,फोटो-सामजिक-संजालबाट

Leave a Reply