दु:खद खबर : जहाज दुर्घट्ना! रहेनन् खेलाडीहरु पनि!!

सामाचार

निजि जहाजमा यात्रा गरिरहेका ४ जना फुटबल खेलाडिहरुको ब्राजिलमा जहाज दुर्घट्नामा परि मृत्यु भएको छ।जाहाजमा यात्रा गरिरहेका पाल्मास क्लबका अध्यक्ष र चार खेलाडीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।उत्तरी ब्राजिलको टोकान्टिन्स राज्यको विमानस्थलबाट टेक अफ हुने क्रममा उनीहरू चढेको जहाज रनवेको अन्तिमबाट चिप्लिएर मैदानमा पुगेको थियो। संचार माध्यमको अनुसार सो दुर्घटनामा चालकको पनि मृत्यु भएको छ।

अहिले भईरहेको महामारिको परिस्थितिलाई ख्यालमा राखि फुटबल खेलाडीहरु क्लबका अरू सदस्यसँग नगई निजी जहाजमा गोइआनिया जान लागेका थिए। त्यहाँ उनीहरूको टिमले भिला नोभासँग खेल्ने कार्यक्रम थियो।ब्राजिलको फुटबल संघले दुर्घटनामा परि मृत्यु भएका र पाल्मस परिवारप्रति संमवेदना प्रकट गरेको छ। उनीहरूको सम्झनामा आइतबार हुने सबै खेलमा एक मिनेट मौनधारण गर्ने भनिएको छ।

Leave a Reply