राजतन्त्र र हिन्दु धर्म फर्काउन लागि पर्दै प्र.म.ओली: रा.प्र.पा. समेत ओलीकाे पक्षमा !

सामाचार

काठमाडौं-६२/६३ को बृहत जनआन्दोलन भाग दुईले जहानिया निरकुंश राजाको शासन सत्ता खोसेको मात्र थिएनकि उनको शिरबाट श्रीपेचसमेत खोलिदिएर सर्वसाधरण नागरिकसरहको हैसियत र दर्जामा ल्याइदिएको थियो ।तत्कालिन राजा ज्ञानेन्द्रले अाफ्नो पावरको दुरपयोग गरि राजनीतिक दलहरुलाई जसरी पाखा लगाउँदै शासन सत्ता आफनो हातमा लिएर जनताहरुमा निरकुंशता लादेका थिए, त्यही सिको र झ–झल्को दोहोराएर प्रधानमन्त्री ओलीले अहिले नेपाली जनतालाई दिइरहेका छन भन्ने दाबि नागरिक समाजका अगुवाहरु र अन्य पार्टिका नेताहरु लगायत अाफ्नै पार्टिका कैयों नेताहरुले गरेका छन्।

गत पुस ५ गते प्रम अोलिबाट दुई तिहाई जनमतको अपमान गर्ने काम भयो ।त्यही जनमतको बलमा प्रधानमन्त्री बनेको बिषयलाई उनले चटक्कै भुलेर संसदलाई हठात र निमेश भरमा नै बिघटन गरेर जनताको मतलाई मूल्यहिन बनायो । उनले जन–प्रतिनिधीमुलुक संस्था संसदलाई बिघटन गरेर चुनावको मिति घोषणा गरेका छन ।तर यो घोषणालाई प्रधानमन्त्री ओली बाहेक मुलुकका अन्य सवै राजनीतिक दलहरु तथा नागरिकहरुले बिरोध गरिरहेका छन । राजनीतिक दलहरुको भनाई छ ‘अहिलेको आवश्कता चुनाव होइन, प्रतिनिधीसभा पुर्नस्थापना होस् भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन्।

अहिले ब्यापकरुपमा यश बिषयमा पक्ष बिपक्षमा बहस चलिरहेको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शसशेर जवरासहित न्यायाधीशहरु सपना मल्ल प्रधान, तेजबहादु केसी, अनिलकुमार सिन्हा र बिश्वभरलाल श्रेष्ठ सम्मिलित संवैधानिक इजलाशबाट मुद्दाबारे गम्भिरताका साथ भइरहेको छ ।पुर्व राजा ज्ञानेन्द्र शाहाले त्यसवेलामा अहिले प्रधानमन्त्री ओलीले झै राजनीतिक दलहरुलाई अल्मलाउनको लागि निर्वाचन घोषणा गरैकै थिए ।मुख्य राजनीतिक दलहरुले भाग त लिएनन् तर सिमित नेपाली जनताले मात्र भाग लिएर चुनाबलाई पूर्णता दिइएको थियो।

केही सिमित राजनीतिक दलहरुले चुनाबमा भाग लिई बिदेशीहरुलाई देखाउन र कसैको स्वार्थ पुर्ति गर्न देखावटी रुपमा भए पनि चुनाव गराइयो ।केवल राजाका वरिपरिका गणेशमण्डलीहरुले भाग लिएको चुनावलाई तामझाका साथ ठुलै रुपमा प्रचार प्रसार गराइयो ।त्यस बेला सरकारी संचारमाध्यमहरुको त्यो बेलामा चरम दुरुपयोग पनि गरियो । तर त्यो नाटकले धेरै दिन र समयसम्म बैधानिकता पाउन सकेन ।अहिले प्रधानमन्त्री ओलीले पनि यस्तै शैलीको अनुसरण गर्दैछन र गरिहेका छन्।

 

Leave a Reply