यी नै व्यक्तिसँग गायिका अँन्जु पन्त बिवाह गर्दैछिन्।यी को हुन? र कहिलै हुँदै छ त बहे?

मनोरंजन

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । ‘कलाकर्मी डट कम’ का अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यो उनको दोस्रो विवाह हुनेछ ।गायिका पन्त छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ । यद्यपि गायिका पन्तले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् ।

अञ्जुले भव्य रुपमै विवाह गर्दैछन् । हुन त उनीहरूको विवाहको मिति भने घोषणा गरिएको छैन । भनिन्छ, विवाहका लागि अञ्जु र थीरको अहिले चर्चित बुटिकमा लुगा तयार भइरहेको छ ।गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । सिंगल भएपछि विवाहको प्रश्नले घेरिरहेकी गायिका पन्तले अब त्यसको सामना गर्नुपर्ने छैन ।

Leave a Reply