युएईले विदेशी नागरिकलाई नागरिकता दिने

सामाचार

संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।कोरो नासंक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।युएई काउपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायत का काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने छ । उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन् ।

 

यसबाट युएईको विकासको यात्रामा योगदान दिन स क्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको दुबईका शासक मकतुमले छन् ।अबुधाबीबाट प्रकाशित हुने अखबार द नेशनलका अनुसा र यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन् ।युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरि कता दिनका लागि नामावली त यार पार्नेछन् । ती नामा”वलीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्ने बीबी सीले जनाएको छ ।

Leave a Reply