आजको राशिफल हेर्नु होला

राशिफल

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

भाग्यको सहयोग रहनेछ, पारिवारिक सुख वा धनलाभ हुने, कार्यसिद्धि तथा सुख प्राप्ति हुने, मिठो भोजनमा सरिक भइने, शारिरिक आरोग्य प्राप्ति, आर्थिक लाभ, शत्रुहरु पराजित हुनेछन, वस्त्र वा उपहार आदिको लाभ, कार्यस्थलमा मानिसहरुले सहयोग गर्नेछन, दाम्पत्य जीवन तथा व्यापारव्यवसायको लागि भने दिन सहजन हुनसक्छ ।

वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मानसिक रुपमा बलियो हुनुपर्ने दिनछ, गरेका कार्यहरुमा विध्न बाधाहरु आउने, मानसिक खिन्नता, शारिरिक अस्वस्थता र कष्ट हुनसक्छ, मानसम्मानमा हानी हुन सक्ने योग छ, चिसाजन्य बिमारीबाट सचेत हुनुपर्नेछ, कोही महिलाको कारणले तनाव उत्पन्न हुनसक्छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, मन अशान्त रहने र गरेका निर्णयहरु पनि गलत हुन सक्नेछन्, कामुकतामा नियन्त्रण जरुरी छ ।

मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । तामसिक भोजन तर्फ मन जाने, खानपानको गडबडीले समस्या निम्त्याउन सक्ने, निरर्थक चिन्ता र बेचैनीबाट मुक्त रहनुहोला, मन अस्थिर भइ निद्रा बाधित हुनसक्छ, छातिको समस्या हुनेहरुले सावधानी अपनाउनुहोला, कार्यस्थलमा सचेत रहनुहोला, घरबाहिर समय बिताउनुपर्ने हुनसक्छ, व्यवसाय र लगानीलाइ भने आज दिन राम्रो छैन । आत्मविश्वासमा कमि आउन नदिएको खन्डमा दिन सुखद बित्नेछ ।

कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भाग्यको साथ सहयोग पाइनेछ । धनलाभ, बस्त्रला भए म्मिष्ठान्न भोजन प्राप्तिको योग छ, स्वास्थयमा प्रगति शत्रुहरुमाथि विजय प्राप्ति, मन प्रसन्न रहनेछ, बन्धुबान्धवहरुबाट सहयोग पाइने, विद्याथीहरुलाई समय राम्रो छ, प्रेमप्रसगंको लागि गरिएका प्रयास सफल हुनेछन । कार्यस्थलमा विवाद नगर्नुहोला, धैर्यको फल मिठो पाइनेछ ।

सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय अनुकुल रहने छैन, मानसिक तनाव र चिन्ता दिने खालको समय छ, स्वास्थ्यको ख्याल राख्नुहोला, ग्रहले मानसिक असन्तोष, नेत्रपिडा, पाइल्स, मूत्ररोग जस्ता समस्याको साथै अन्य शारिरिक पीडा दिनसक्नेछ, उचित भोजन नहुने र पारिवारिक सुखमा कमि आउने, गरेका कार्यहरुमा जस नपाउने, खर्च वृद्धि हुनसक्ने योग छ, व्यवसायमा घाटा लाग्ने सम्भावना बढेको छ, कर्म गर्दा आरोप तथा अपमान पनि सहनुपर्ने अवस्था आउनसक्छ ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

राम्रो समय छ । आजको दिन सुख र आनन्दमय रहनेछ । पारिवारिक तथा भौतिक सुख पाइने, उत्तम खानपानमा हुने, धनलाभ हुने तथा उपहार आदि प्राप्त हुने, शरीरमा आरोग्यता प्राप्ति, स्त्रि सुख तथा दाम्पत्य सुख प्राप्त हुने, लाभकारी घटनाहरु घटन सक्ने दिन भएकोले प्रयास चाँही अवश्य गर्नुहोला ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय प्रतिकुल हुनसक्छ । रिस गर्नेहरुले गोप्य रुपमा कुरा काटने छन्, अपमानबाट जोगिनुहोला, कार्यमा बाधा आउन सक्ने भएकोले ध्यान दिनुपर्नेछ, शोक तथा कष्टको पनि योग चलिरहेको छ । खर्चमा थिनियन्त्रण गर्नुहोला, शारिरिक पीडा तथा मानसिक व्यथाले सताउन सक्छ । आफन्त साथीभाइ वा नजीककाहरुले तँपाइलाइ नबुझिदिँदा समस्या उत्पन्न हुनसक्छ, अरुको डाहाको शिकार हुनुपर्ने अवस्था आउन सक्ने भएकोले अलि सचेत रहनुहोला, नयाँ सामान खरीद वा लगानीको लागि आज राम्रो छैन । विवादबाट आज टाढारहनुभएमा तथा सकारात्मक सोचले नै तँपाइको दिन सुखद हुनेछ ।

वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिन राम्रो छ, मन प्रफुल्लित रहनेछ, धनलाभ, आयस्रोतमा बृद्धि, पाहुनाहरुसँग सामाजिक रमाइलोमा समय बित्नेछ, उत्तम तथा मिठो खानपानमा सहभागि भइने, भाइ बहिनी, मित्रहरुको सहयोग पाइने, पारिवारिक सुख तथा महिलाहरुसँगको सम्पर्कले लाभ दिनेछ, दाम्पत्य जीवन सुखमय रहनेछ, सन्तान पक्षबाट सुख पाइनेछ, व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ, लगानीको लागि आज दिन राम्रो छ ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भ)

दिन राम्रो छ । चिताएको कार्य पूरा हुने योग छ । सरकारी कामकारवाहीमा सहयोग पाइने छ, वा तँपाइको कार्यको प्रशंसा अरुले गर्नेछन । मानसम्मान र पदोन्नतिको समय पनि चलेको छ प्रयास गर्नुहोला, पारिवारिक सुख र दाम्पत्य सुख राम्रो रहनेछ, शत्रुहरु पराजित हुनेछन । विद्यार्थीहरुलाइ आज समय राम्रो रहनेछ ।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यर्थको काममामा अलमलिनु पर्ने अवस्था आउनसक्छ, अथवा समय अनुत्पादक रुपमा खेर जान सक्छ । स्वास्थ्यका ख्यालगर्नुहोला, विगतमा छातीको समस्या हुनेहरुले विशेष ध्यान दिनुपर्नेछ, सरकारी कामकारवाही, दन्ड जरिवाना जस्ता कानूनी झमेलाबाट गुज्रिनुपर्ने सम्भावना छ, सन्तानसँग मतभेद अथवा सन्तान पक्षबाट चिन्ता पर्नसक्छ, व्यवसाय गर्नेहरुलाई आज दिन उपयक्त छैन, लगानीलाइ आज थाँती राख्नुहोला, । विद्यार्थीहरुले पढाइमा मेहनत गर्नैपर्ने अवस्था छ ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थयको ख्याल राख्नुपर्ने दिनछ । यात्रामा असुविधा, पाचनमा गडबडी, श्वासप्रश्वास, रुघाखोकि, निमोनिया आदि छातीजन्य रोगहरुबाट सावधान रहनुहोला । झगडा, विवादबाट बच्नुपर्ने दिन छ, मन अशान्त रहनसक्छ, टाइममा खानपान नहुने अथवा जथाभावीको भोजनले हानी गर्नसक्छ, धनहानी र अचानक पीडा कष्ट पर्ने योग पनि छ ।

मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दिन राम्रो छ । धनलाभ भइ आर्थिक पक्ष बलियो हुनेछ, सानोसानो लाभदायक भ्रमण हुनसक्छ, स्वास्थ्य राम्रो रहनेछ, उत्तम खानपान, दाम्पत्य सुख, रति सुख, भोगबिलासमा मन जाने वा समय बित्नेछ । वाहन सुख अथवा अन्य भौतिक संशाधनको खरीद हुने सम्भावना छ, मानसम्मान र ख्यातिमा पनि बृद्धि हुने योग आएको छ । मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति हुनसक्छ । व्यापार व्यवसायमा लाभ, लगानीलाई समय उत्तम रहनेछ ।

Leave a Reply