कक्षा १२ को नतिजा सार्वजनिक!यहाँ हेर्नुस्!

सामाचार

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि भएको थियो ।परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।कोरोना महामारीका कारण गत वैशाखमा निर्धारित परीक्षा मंसिर ९ बाट शुरू भएको थियो ।यसवर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिइएको थियो ।

कक्षा ११ को थप ४० प्रतिशत र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २ सय ७१ जना सहभागी थिए ।

कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै ११ हजार ४९० जनाको परीक्षा भएको थियो ।रिजल्ट राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, टेलिकमकै आईभीआर सेवा १६०१ डायल गर्नुका साथै १६०० मा एसएमएस गरेर हेर्न सकिने बोर्डले जनाएको छ ।रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस्

Leave a Reply