नारायणहिटीबाट हिन्दुराज्य घोषणा गर्दै प्रधानमन्त्री ओली

सामाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २३ गते हिन्दुराज्य घोषणा गर्नसक्ने खुलासा प्रचण्ड–माधव समुहका नेता सुरेन्द्र पाण्डेले गरेका छन ।उक्त दिन ओली समुहले बाग्मती प्रदेश कमिटीको आयोजनामा प्रतिनिधिसभा बिघटन पछि चुनावको तयारी बारे आफनो धारणा सार्वजनिक गर्न लागेको छ ।

सोही दिन प्रधानमन्त्री ओलीले मुलुकबाट धर्म निरेपक्ष राज्य खारेज गर्दै हिन्दु राज्य घोषणा गर्नसक्ने सुचना आफुले पाएको जानकारी दिएका छन ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेको असंवैधानिक कदमको बिरुद्ध नेकपाको प्रचण्ड–नेपाल समुहले निरन्तर आन्दोलन गरेर खवरदारी गरिरहेको छ ।

आइतवार काठमाडौंको माइतीघर मण्डलामा आयोजित बिरोध र धर्ना कार्यक्रममा बोल्दै पाण्डेले यस्तो खुलासा गरिदिएपछि संवैधानिक राजतन्त्र र हिन्दु राज्यको माग गर्दै आइरहेकाहरु भने उत्साहित हुनपुगेको बताइएको छ ।२३ गतेको कार्यक्रमा राजावादीहरुको ब्यापक उपस्थिति रहने अनुमान पनि भइरहेको छ ।

उसो त कार्यक्रम पनि नारायणहिटी दरवार संग्रहालयको दक्षिणी भागको सडकमा गर्न लागिएको छ । सभालाई प्रधानमन्त्री ओलीले बिहीवार संवोधन गर्ने कार्यक्रम रहेको छ ।(दैनिक समाजबाट)

Leave a Reply