विप्लवले पनि ओलीलाई दिए खुलेरै साथ्! प्रतिबन्ध फुकुवा गरेर एकता गर्ने तयरी !

सामाचार

काठमान्डौ – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा का गतिविधिमाथि प्रतिबन्ध लगाएको आगामी फागुन २८ गते २ वर्ष पुग्दैछ ।प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुबै एकअर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् । तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ, न चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको छ ।

दुबै पक्ष वार्ताका लागि तयार भएको दाबी गर्छन् तर त्यसअनुसार प्रयास भने हुन सकेको छैन । तर चुनाव घोषणा भएपछि प्रधानमन्त्री केपी ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने र त्यसका लागि वार्ता गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ ।विश्वस्त उच्च सरकारी सुत्रका अनुसार विप्लव समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय छन् । तर यसलाई पुष्टि गर्न सरकारी अधिकारीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् ।

विप्लव सहितको वाम रणनीतिक मोर्चाबन्दीको सहमति गर्नेमध्येका एक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले चुनावमा प्रचण्ड–नेपाल समूहविरुद्ध प्रयोग गर्न प्रधानमन्त्री ओलीले विप्लव समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न सक्ने सम्भावना रहेको बताएका छन्

के भन्छन ओली ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका छन्।तीन पूर्वप्रधानमन्त्री बुढेसकालमा लौरो टेकेर लाइन लागेर लुखुरलुखुर देशभरि हिँड्नुभएको छ। उहाँहरूको उद्देश्य राम्रो भइदिए हुन्थ्यो, स्वागत गर्न मिल्थ्यो’, ओलीले भने, ‘पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने र देश बर्बाद पार्ने मनसाय उहाँहरूको छ।’

ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ थियो। गीतमा भनिएको छः पिलो निचोर्दैमा वजन घटेको हुँदैन’, जीवन शर्माले गाएको गीतको प्रसंग निकाल्दै दाहाल–नेपाल समूहलाई लक्ष्य गरी उनले भने, ‘हामीले होइन, आफैँ निचोरिएर फुत्त निस्केको हो।’

उनले भाषणका क्रममा पटक–पटक दाहाललाई प्रहार गरे। ‘जसका लागि भोट मागेँ, उही नै मणि होइन कुहएिको आलुजस्तो निस्केपछि कहाँबाट मणि बनाउनुरु’, उनले भने, ‘विरोध गर्र्दै खुट्टा तान्दै ठीक भो अनि कहाँबाट मणि बन्छ।’उनले भगवान् रामको जन्मभूमि नेपाल भन्न नसक्नेहरूले राष्ट्रवादको अभिनय गरेको टिप्पणी गरे। उनले आफू नेतृत्वको सरकारले विकासको काम गर्दा पार्टीको अर्को समूह छटपटाएको आरोप लगाए। उनले तोकिएको समयमा निर्वाचन गराएरै छाड्ने बताए। निर्वाचन हुँदैन कि भनेर शंका नगर्न उनले आग्रह गरे।(प्रबाह न्युजवाट)

Leave a Reply