मांसहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानमा लगेर थुन्छु : गृहमन्त्री थापा

सामाचार

२३ माघ, काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा माधव–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।

Leave a Reply