‘प्रधानमन्त्री पद अयोग्य मान्छेका हातमा पुग्यो’ अब फेरी जनता एक हुन जरुरि छ!

सामाचार

तपाईंहरुलाई केपी ओली सर्वसत्तावादी हुन् भन्ने लागेको होला । होइन । उनी सर्वसत्तावादी हुन खोजेका होइनन् । ओलीको ढंग नपुगेको हो । शुरुमै ढंग पुर्‍याउन नसकेका हुन् ।सरकार बनेपछि ओलीले संघीयतासँग जोडिएका ३५० जति कानून बनाउनुपर्ने थियो । पहिलो पटक कानून बनाउने उत्तम अवसर पाएका थिए ।

जसरी २०४८ मा कांग्रेस नेतृत्व सरकारलाई रोक्न सकिँदैनथ्यो, त्यसैगरी यसपटक कानून निर्माण गर्न ओली नेतृत्वको सरकारलाई कसैले रोक्न सक्दैनथ्यो ।तर, ओली दुई तिहाइको चक्करमा लागे । जबकि, दुई तिहाइ चाहिने भनेको कानून उल्ट्याउन मात्रै हो । कानून बनाउन दुई तिहाइ चाहिँदैनथ्यो । उनले चाहेअनुसार, काम गर्न सक्थे । भूमिसुधार बनाउन चाहेको भए बन्थ्यो, सम्पत्ति जफत गर्न कानून बनाएको भए पनि बन्थ्यो ।

जति पनि कानून आफ्नो पक्ष (लेफ्टहरुको सरकार भएकाले लेफ्टिज्म) को कानून बनाउन सक्थे ।नेकपालाई दुई तिहाइ नै चाहिँदैनथ्यो । दुई तिहाइ चाहिनुपर्ने कुनै आधार छैन । उपेन्द्र यादव ल्याएर मिसाउनुपर्ने जरुरी थिएन । अहिले बनेको कानून बदल्नचाहिँ दुई तिहाइ चाहिन्छ । जसरी ओलीले प्रगतिगामी कानून बनाएका छन्, त्यसलाई भत्काउन दुई तिहाइ चाहिने भएकाले अबको समस्या हो । तर, ओलीसँग सरकार बनाउने ढंग भएन ।

Leave a Reply