२३ गते अगाडि केपी ओलीले राजिनामा नदिए राजनीतिक दल मिलेर हटाइन्छ–अध्यक्ष प्रचण्ड

सामाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २३ गते भित्र राजिनामा दिएर राजनीतिक निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

बुधबार कोरोनाविरुद्धको खोप लगाइसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा अध्यक्ष प्रचण्डले केपी ओलीले अलिकति पनि जनता र राष्ट्रप्रति मूल्य मान्यता, लोकतन्त्रका सीमाहरुप्रति थोरै पनि संवेदनशील छन् भने भने २३ गते अगाडि राजिनामा दिएर नयाँ राजनीतिक निकासको निम्ति सहज गरिदिन आग्रह गरेका हुन् ।

‘उहाँले त्यसो गर्नु भएन भने राजनीतिक दलहरु मिलेर उहाँलाई हटाइन्छ । उहाँबाट अब यो देश चल्दैन । चल्न सक्दैन र चल्न दिनुहुन्न ।’ झण्डै साढे दुई महिनादेखि चुनौतीपूर्ण अवस्थामा देश तथा नेपाली समाज गुज्रिरहेको अवस्थामा प्रधानमन्त्रीको संसद विघटनको कदम अलोकतान्त्रिक र असंबैधानिक भनेर सर्वोच्चद्धारा प्रमाणितसहित फैसला भइसकेकोले क्षणभर पनि केपी ओली प्रधानमन्त्री पदमा बस्न नहुने उनले बताए ।

‘विश्वव्यापी परम्परा र नैतिक मूल्य मान्यताको दृष्टिकोणले उहाँले राजिनामा दिएर देशलाई सहज निकास दिनुपर्ने हो तर कपी जीमा त्यो प्रवृत्ति थिएन, देखिएन ‘न्युनतम लज्जाबोध पनि उहाँलाई भएको छैन । उहाँ अझैपनि मैले जिते जसरी हिँड्नु भएको छ । यो दुर्भाग्य हो ।’

Leave a Reply