बालुटावारबाट रातारात आयो माधव नेपाल समूह तर्सिने कडा निर्णय, अब के हुन्छ?

सामाचार

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली अझ शक्तिशाली बनेका छन् । अल्पमतमा रहेको माधव नेपाल, झलनाथ खनाल समूह अब कसरी बढ्ने भन्ने अन्यौलमा छ । ओलीविरुद्ध संघर्ष गरेर अघि बढ्ने निर्णय नेपाल समूहले बुधवार साँझ गरेका छन् ।

उक्त निर्णय लगत्तै राति बालुवाटारबाट माधव झलनाथ समूहलाई तर्साउने कडा सन्देश सार्वजनिक भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामार्फत सार्वजनिक सन्देशमा प्रचण्डको एजेण्डा बोलेर पार्टीमा नआउन चेतावनी दिइएको छ । बालुवाटारले भनेको छ, ‘प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर यस्तो कोसिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ।’

यस्तो छ बालुवाटारको सन्देश:

प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर यस्तो कोसिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।
सके पाँच बर्ष सरकार चलाउन उहाँको सहयोगी बन्नु, नसके यस्तो निर्देशित छट्टु चालबाजीपूर्ण कुरा नगर्नु नै उचित हुन्छ !राजीनामाको बेमौसमी बाँसुरी धेरै बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ?
सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरू बुद्धिमत्तापूर्ण हुन्छ ।

Leave a Reply