काठमाडौंमा फटाहाहरूसँग बस्दाबस्दा वाक्क दिक्क भइयो, अब जिल्लातिर धेरै समय बिताउने छु : प्रचण्ड

सामाचार

काठमाडौं।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल पक्षले एमाले क्याप्चर गरेर ओलीलाई बाहिर हटाउने स्थिति बन्ने बताएका छन्। संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए। तर सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा।

एमाले अध्यक्ष केपी ओली पक्षतिर लागेर माओवादीबाट मन्त्री बनेकाहरूलाई अध्यक्ष दाहालले आफ्नो पार्टीमा नफर्कन भनेका छन्।‘फर्कन पर्दैन उतै बसे हुन्छ’ ‘बदमासी गरेकालाई गृहमन्त्री बनाइयो, अरू पनि बिग्रेका कुच्चेकालाई फकाउँदाफकाउँदा हैरान भइयो,’ उनले भने, ‘त्यस्ता मान्छेलाई अब फकाउन छोड्या छु, ती फर्किन पर्दैन उतै बसे हुन्छ।’

तर, अब आफ्नै खुट्टामा उभिनुपर्ने दाहालको भनाइ छ। ‘दुई–तीन वर्ष मेहनत गरे नम्बर वान पार्टी बनाउने तागत हामीसँग छ,’ उनले भने, ‘काठमाडौंमा फटाहाहरूसँग बस्दाबस्दा वाक्क दिक्क भइयो, आफ्नै ऊर्जा पनि खतम भयो। अब जिल्लातिर धेरै समय बिताउने छु।’

 

Leave a Reply