नयाँ सभामुख र उपसभामुखमा नयाँ नाम प्रस्ताव, अग्निलाई हटाएर जसपाका यी नेता सभामुखमा बन्दै!

सामाचार

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच सत्ता साझेदारी तथा मधेस मुद्दा समाधानका लागि समझदारी भएको छ । विभिन्न चरणमा भएका वार्ताले सकारात्मक वातावरण बन्दै गएका बेला प्रधानमन्त्री ओलीले बिहीवार बालुवाटारमा जसपाका नेताहरूसँग छलफलका क्रममा सत्ता सहकार्यका लागि प्रस्ताव गरे ।

साथै जसपाका सबै मुद्दा समाधान गर्ने वचन पनि दिए।सत्ता सहकार्यको प्रस्तावका क्रममा प्रधानमन्त्रीले अध्यक्ष महन्थ ठाकुरलाई सभामुख बन्न आग्रह गरे । जवाफमा ठाकुरले आफू होइन वरिष्ठ नेता शरतसिंह भण्डारीलाई सभामुख बनाउन प्रस्ताव गरेका छन् । यो प्रस्तावलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई हटाएर भण्डारीलाई बनाउने र उपसभामुखमा महिला समितिकी सभापति एवं नेतृ निरू पाललाई नियुक्त गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार भण्डारी र पाललाई अघि बढाउने तयारीमा ओली पुगेका छन् ।  उनले दुबैलाई जानकारी समेत गराइसकेका छन् ।

जसपाले समर्थन गरे संसदमा समेत दुईतिहाइ  बहुमत पुग्छ । काँग्रेसको समेत भण्डारीलाई सभामुख बनाउन समर्थन रहने बताईएको छ ।सभामुख सापकोटाले प्रचण्डको निर्देशनमा सरकारलाई सहयोग नगरेको तथा संसदमा नियम कानुन भन्दा पनि राजनीतिक स्वार्थअनुसार चलेकाले हटाउन लागिएको हो ।

Leave a Reply