असफल भयो ओलीलाई हटाउने प्रचण्डको योजना, देउवा सहितका यी नेताले दिने भए अोलिलाई साथ !

सामाचार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर नयाँ सरकार बनाउने सरगर्मी सुरु भएको लामै समय भइसक्यो । सर्वोच्च अदालत फागुन २३ गतेको फैसलासँगै सत्तारुढ पार्टी नेकपा एमाले र माओवादी केन्द्रमा परिणत भएपछि ओलीलाई हटाउने खेल घनिभूत रूपमा चलिरहेको छ ।
माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ ।

नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवाका गतिविधि भने पछिल्लो समय सुस्ताएका छन् ।त्यसो त ओलीलाई बालुवाटारबाट बालकोट पठाउनकै लागि माओवादीले कांग्रेसलाई प्रधानमन्त्रीको कुर्सी सुम्पन खोजेको हो । ओलीसँग सहमतिनजिक पुगेको भनिएको जसपाभित्र पनि विपक्षी दलहरूको सत्ता समीकरण हुनुपर्छ भन्ने धारणा छ ।

यस बीचमा दलहरूबीच पटक–पटक अनौपचारिक छलफल भएका छन् । तर, मिति तोकेर पनि त्रिपक्षिय छलफलका लागि बैठक बस्न नसक्नुले राजनीतिको दिशा परिवर्तन भएको आशंका बढाएको छ ।संस्थापन निकट मानिने केन्द्रीय सदस्य शंकर भण्डारीले भनेजस्तै दलहरूबीचको समीकरणमा भूराजनीतिक आयामहरू बाधक हुनसक्छन् । उत्तर, दक्षिण र पश्चिमा शक्तिकोे स्वार्थ वाझिएका हुन सक्छन् ।

 

Leave a Reply