दुई आमाछोराको कानमा बारुला छिरेपछि…

सामाचार

हेटौंडा – हेटौंडा उपहानगरपालिका वडा नं. ३ बसामाडीमा बारुलाको टोकाईबाट आमाछोरा घाईते भएका छन् । मंगलबार बसामाडीमा बारुलाको टोकाईबाट ४ जना घाईते भएका मध्ये आमाछोरा गम्भिर घाईते भएका हुन् ।

घाईते भएका मध्ये आमाछोराको उपचारको लागि हेटौंडा अस्पताल ल्याएको थियो । घाईते ६ वर्षीय छोरा र ३२ वर्षीया आमाको कानबाट ८ वटा बारुला निकालिएको हेटौंडा अस्पतालका डा.सागर काफ्लेले बताए । मंगलबार गम्भिर अवस्थामा ल्याईएको आमाछोराको हाल आईसीयुमा उपचार भईरहेको स्वास्थ्य अवस्था सुधार आएको डा. काफ्लेले बताए ।

Leave a Reply