ओलीले मागेको स्पष्टीकरणमा नेपाल पक्षले पठायो यस्तो जवाफ, उल्टै अोलि फस्ने

सामाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षले स्पष्टीकरण माग्दै माधवकुमार नेपाल पक्षका ४ नेतालाई पत्र पठाउने क्रममा भीम रावललाई पनि पठाएको छ।जसमा वरिष्ठ नेता नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई भन्दा रावललाई एउटा पृथक प्रश्न गरिएको छ। रावललाई पठाइएको ६ प्रश्नसहितको पत्रमा आर्थिक हिनामिनाको आरोप पनि लगाइएको हो।

अन्तिम अर्थात् बुँदा नम्बर ६ मा सोधिएको छ– ‘पार्टी विधानको धारा ४९ क को १२ मा उल्लेखित पदीय आचरण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता वा पार्टी सम्पत्तिको हिनामिनामा संलग्न हुन नहुने प्रावधानविपरीत पार्टीको सम्पत्ति हिनामिना गर्ने काममा प्रत्यक्ष संलग्न भई पार्टी कार्यकर्ताको दुःख मेहनतले जम्मा गरेको रकम दुरुपयोग गर्नरगराउन प्रत्यक्ष भूमिका के कति कारणले खेल्नुभएको हो ?

ओलीले पनि जवाफ दिनुपर्ने

यसअघि नेपाल पक्षका नेताहरुले स्पष्टिकरण सोध्ने निर्णय नै अवैध रहेको भन्दै जवाफ नदिइने बताएका थिए । तर, आजको अनौपचारिक वैठकले पनि फरक सहमति गरेको छ ।बैठकमा सहभागी स्थायी समिति सदस्य युवराज ज्ञवालीले स्पष्टीकरणको जवाफ दिइने बताए । उनले भने, ‘हामीले यस्तो गतिविधि किन गर्यौं भन्ने कुराको जवाफ दिन्छौं । र, केपी ओलीले देशलाई दिनुपर्ने जवाफ पनि हामी सोध्छौं ।ि

Leave a Reply