माधब नेपाल- एमाले फुट्ने पक्क-पक्कि भयो!

सामाचार

काठमाडौं, १८ चैत्र । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेभित्र सुनामी ल्याउने निश्चितप्रायः भएको छ । उनले कठोर कदम चाल्ने तयारी समेत गरेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बनको निर्णय गरेपछि नेपाल आक्रामक रणनीति साथ प्रस्तुत हुन लागेका हुन् ।

नेपालले समानान्तर कमिटी गठन गरिसकेका छन् । उनले छुट्टै घर भाडामा लिएर नयाँ कार्यालय समेत खोल्न लागेका छन् । त्यही घरबाट समानान्तर कमिटी चलाइने तयारी भएको छ । योसँगै एमाले विभाजित हुने निश्चितप्रायः भएको छ ।

यसअघि माधव नेपाल र भीम रावलमाथि १६ चैत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको निर्णय गराएका थिए । त्यसलाई नेपाल समूहले अमान्य घोषणा गरेको थियो । योसँगै एमालेभित्र टकराव बढेको छ ।अहिले एमालेभित्र संसदीय दलमा जोडघटाउ चलिरहेको छ । संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् ।

 

Leave a Reply