बादलतर्फ संकेत गर्दै प्रचण्डले भने: म माथि बम प्रहार गर्नेलाई गृहमन्त्रि बनाएर गल्ति गरे!

सामाचार

उनले आफूलाई दुःखमा साथ दिनेहरुलाई साद दिनुको साटो अवसरवादीहरुलाई ठाउँ दिएको भन्दै आफूबाट गल्ती भएको स्विकार्दै आत्मआलोचनासमेत गरे । उनले भने,‘मलाई दुःखमा बचाउने, जस्तोसुकै अप्ठ्यारोमा साथ दिनेहरु अलिक ओझेलमा पर्नुभयो, तर जालीझेलीहरुलाई मैले अवसर दिएँ । म बाट गल्ती भएकै हो ।

मलाई गद्दार भन्नेहरु, २०७० को चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरुलाई, गृहमन्त्री बनाएँ, तिनीहरु अहिले विकाउ माल साबित भए, मैले तपाईँहरुलाई नै अगाडि बढाउनुपर्ने थियो । नियुक्ती र पार्टीमा पदोन्नती गर्दा, या मन्त्री बनाउँदा आफूलाई दुःखमा साथ दिनेहरुलाई नै प्राथमिकता दिनुपर्ने थियो । म बाट गल्ती भएकै हो । म आत्मआलोचना गर्छु ।

काठमाडौं, २४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा नै संसद् पूनःस्थापना भएको स्पष्ट पारेका छन् । तर, उपलब्धि सिध्याउनको लागि अझैपनि षड्यन्त्र जारी रहेको उनको टिप्पणी छ । रुकुम पश्चिम ३२औं जनआन्दोलन दिवसका सन्दर्भमा आयोजित “आर्थिक समृद्वि,सामाजिक,साँस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम” लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

 

Leave a Reply