प्रधानमन्त्री ओलीसँग विप्लव असन्तुष्ट, भेटेरै पोखे गुनासो

सामाचार

काठमाडौं, ५ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री ओलीलाई भेटेर विप्लवले यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनमा जोड दिएका छन् ।

स्रोतकाअनुसार भेटमा उनले प्रधानमन्त्रीसँग यसअघि भएको सहमतिअनुसार आफ्ना नेता तथा कार्यकर्ताहरु रिहाइ नभएको गुनासो पोखेका थिए ।जवाफमा प्रधानमन्त्री ओलीले सबै प्रक्रिया मिलाएर बन्दी रिहाई गरिने विश्वास दिलाएका थिए ।

उक्त भेटमा गृहमन्त्री रामबहादुर थापा बादल र नेता खड्ग प्रसाद विश्वकर्मा पनि सहभागी थिए । यसअघि विप्लवले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिसकेका थिए । File Photo/ReportersNepal

Leave a Reply