बाबुरामको टिप्पणी : आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकारीहरूलाई दुत्कार्दैछन् !

सामाचार

काठमाडौं, ११ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयलाडेको संज्ञा दिएका छन् । लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले प्रधानमन्त्री ओलीले अहिले परिवर्तनकामीहरुलाई दुत्कारेको पनि आरोप लगाएका छन् ।

उनले लेखेका छन्–‘लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो!बयलगाडे महावाणीहरू ओकलिंदै थिए!शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए!अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!”

Leave a Reply