आज चन्द्रग्रहण लाग्दै, सुतक नलाग्ने

सामाचार

काठमाडौं, जेठ १२ । आज खग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण साँझ ५ः३२ बजे सुरु हुने छ । बुधबार साँझ लाग्ने चन्द्रग्रहण ७ः१६ मध्ये हुने र राति ८:५७ मिनेटमा सकिने पञ्चाङ्गहरूले उल्लेख गरेका छन्। चन्द्रग्रहण छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ ।

तर अमेरिकी अन्तरिक्षी एजेन्सी नासाका अनुसार चन्द्रमा पुर्णरूपमा रातो देखिने समय जम्मा १४ देखि १५ मिनेट मात्र हुनेछ । बुधबारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ ।

Leave a Reply