काठमाडौंमा संक्रमितको संख्या कम हुँदै!

सामाचार

काठमाडौँ,  १२ जेठ । आज देशभर ६७ सय १४ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको दोस्रो लहरमा थपिएका संक्रमित संख्या मध्ये आज सबैभन्दा कम हो । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १४ सय ९३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ११ सय ४९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार १९ हजार ३० जनाको पीसीआर परिक्षणबाट ६ हजार ६७७ र एन्टिजेन विधिबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट आज थप १४५ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको  छ ।मन्त्रालयको अनुसार आज १९ हजार ३० जनाको पीसीआर परिक्षणबाट ६ हजार ६७७ र एन्टिजेन विधिबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना भाइरसका ६ हजार ७ सय १४ जना संक्रमित थपिएका हुन्। योसंगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply