म धन नभएपनि मन चाहीँ भएको मान्छे हुँ : वनमन्त्री आले

सामाचार

काठमाडौं, १२ जेठ । वन तथा वातावरणमन्त्री प्रेम आलेले कोभिड-१९ ले देश ग्रसित भएपछि आफूले व्यक्तिगत रुपमा करिब ३८ देखि ४० लाख बराबरको सामान बाँडेको स्पष्ट पारेका छन् । ती सामाग्रीहरुमा अक्सिजन कन्सन्टेटर चार थान, अक्सिजन सिलिण्डर एक सय थान र सर्जिकल मास्क दुई लाख विस हजार रहेका छन् ।

उनले जनतालाई दुःख सुखमा आफूले सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गर्ने विश्वास दिलाए । उनले आफूले जनताको दुःख र सुखमा साथ दिने भनेर कसम भएकोले यही भावले सेवाबाट खरो उत्रिएको सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले धन नभएपनि मन भएको व्यक्ति भएको सुनाए । उनले भने-“म धन नभएपनि मन चाहीँ भएको मान्छे हुँ । मैले पैसाको कुरा गर्नुहुन्छ भने आफ्नो बाल बच्चाको पेट काटेर यो अवस्थामा यो सहयोग गरेको हो । यो सहयोग मैले जुटाएको हो । चाहे त्यसलाई सापटीको रुपमा भन्नुहोस, चाहे मेरो व्यक्तिगत भन्नुहोस । मैले साथीभार्यहरुसँग पैसा सापट मागेर, पछि फर्काउनेगरि पैसा लिएर मैले यो सहयोग गरेको हो । यो मेरो कर्तव्यपनि हो ।”

 

Leave a Reply