यि महान व्यक्ति नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो।

सामाचार

नागरिकताको आधारले धेरै छौं नेपालीहरु, तर सच्चा नेपालीको कमी छ यो समाजमा आज। यहाँ बाहुन, क्षेत्री, दलित, मंगोल, हिन्दू, बौद्ध आदि नाममा विभाजन चल्दैछ तर देशले नेपाली माग्दैछ। सारा नेपालीलाई एकताबद्ध गर्न, सबैको प्राचीन इतिहास देखिको पहिचानको जगेर्ना गर्न एक व्यक्ति आफ्नो जीवनकाल भरी लागि रहे। नेपालको बारेमा जान्न इच्छा जागेमा यो एक व्यक्तिलाई जाने पुग्छ। बि स २०१३ सालमा यो व्यक्ति नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो। सोही व्यक्तिको बारेमा आजको लेख छ।

योगी नरहरिनाथ; व्यक्ति एक दक्षता अनेक। इतिहासविद्, भाषाविद्, आयुर्वेदका प्रखर ज्ञाता, समाजका उत्कृष्ट निती निर्माता, समष्टिमा भन्नुपर्दा नेपालविद्। शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद, मौलिक्तावाद, पर्यटन तथा पर्यावरणवाद। द वाकिङ्ग लाइब्रेरी, अर्थात बहुसंख्यक ग्रन्थ/पुस्तकहरु धारा-प्रवाह शैलीमा स्मृति बाटै बताउन सक्ने चलायमान पुस्तकालय, आफैंमा पूर्ण विश्वविद्यालय।

जीवन, दर्शन, भाषा,आयुर्वेद, समाजशास्त्र र अनेकन विधामा जसलाई पनि विद्वताको पराकाष्ठा बाट ज्ञान शिक्षा दिनसक्ने, लगभग २ दर्जन भाषाका ज्ञाता मात्र होइन विज्ञ हुनुहुन्थ्यो योगी नरहरिनाथ। चाहे त्यो ब्राह्मी लिपि होस्, चाहे संस्कृत, चाहे पाली, चाहे नेपाली, चाहे अफगानी पठानी, चाहे उर्दु, चाहे जापानी, चाहे बर्मेली वा तिब्बती भोट भाषा। यी सबै भाषाहरूका ज्ञाता मात्र होइन, विज्ञ हुनुहुन्थ्यो योगी जी। शब्दको बनोटबाट अलंकार बताउन सक्ने भाषाविद् हुनुहुन्थ्यो योगी नरहरिनाथ।

विभिन्न देशले आफ्नो प्राचिन लिपिहरुलाई विसंकेतन(डिकोड) गर्न एवं इतिहास बुझ्न योगी जी को सहयोग माग्ने गर्थे।तत्कालीन इस्ट इन्डिया कम्पनी हालको पाकिस्तान, इंडिया र बंगलादेश एवं तिब्बत र अफगानिस्तान सम्मको भूभागमा पुगेर सबै प्राचीन ईतिहास सम्बन्धि जानकारीमुलक दस्तावेज एवं घटनाहरूको बारे लेखन र संकलन गर्नुभएको थियो योगी जी ले।

इन्डिया ब्रिटिश साशनबाट स्वतन्त्र भए लगत्तै गान्धी, नेहरु र राहुल सांकृत्यायन मन्सुरीको होटेलमा तीन दिनसम्म गोप्यरुपमा, हिमालयदेखि समुन्द्रसम्म नै अखण्डभारत थियो भनी आसपासका स्वतन्त्र देशहरूको इतिहास मेटाउने, षड्यन्त्र बुनेको बारेमा चाल पाए पछि योगी जी एक्लैले देश बचाउन नेपालको सक्कल इतिहासको अनुसन्धान आरम्भ गर्नु भयो।

राहुल सांकृत्यायनले प्राचिन ग्रन्थमा उल्लेख भएको भारतवर्षको आडमा अखण्ड भारतको रुप रेखा तयार पारे। तर योगी जी ले नेपालको आफ्नै विरासत हिमवत्खण्ड रहेको पुष्टि गर्दै हिमवत्खण्ड नामको पुस्तक तयार गर्नु भयो। तर त्यो पुस्तक इन्डियन छापाखानाले छाप्न बाट रोक्यो र नेपालका नेताहरुले पनि इन्डियन मालिकको आदेश बमोजिम प्रकाशन गर्न रोक लगाए। अहिले सम्म पनि, नेपाल भरतवर्षकै भू-भाग हो भनेर लबिङ गर्ने गतिविधि सहित बिभिन्न अभियान सक्रिय छन्। अब नेपालको नेपाल सापेक्ष युगको आरम्भ हुँदै छ। राष्ट्र गुरु योगी नरहरिनाथ, महागुरु फाल्गुनन्दको युगको आरम्भ भएको छ।

२०१३ सालमा जब नेपालका दलाल नेता र इंडिया मिलेर नेपाललाई संयुक्त राष्ट्र संघमा इंडियन प्रान्तको रूपमा राख्ने कुचेष्टा गर्दै थिए । राजा महेन्द्र निकै चिन्तित थिए। एक मौलिक राष्ट्र प्रमाणित नगरिकन संयुक्त राष्ट्र संघको सदस्य बन्न सकिने मापदण्ड थिएन र त्यसको तोड नेपालविद योगी नरहरि नाथ बाहेक अरुसंग हुने कुरै भएन! नेपाली भाषाको प्रचलित लिपि देबनागरी इण्डियाले आफ्नो भनिसकेको थियो…योगी जी ले रंजना/ ब्राह्मी लेखेर दिनु भयो।

राष्ट्रको चरा, जनावर, रंग र मूल कुरो इतिहास एवं मौलिक पहिचान उहाँले सब तयार गर्नु भयो। योगी जी ले संकलन गरेका ती प्राचिन सन्धि पत्रकै आधारमा नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देश रही आएको पुष्टि भयो। त्यस पछि नेपाललाई संयुक्त राष्ट्र संघले पनि स्वतन्त्र देशको रूपमा सुचिकृत गर्यो।

बाबुराम आचार्यलाई इतिहास शिरोमणि बनाइदिएको नै राष्ट्र गुरु योगी नरहरिनाथले हो। जापानले पाली, नेपाली, जापानी,प्राकृत र संस्कृत भाषाको विश्वविद्यालय बनाउने र त्यसमा योगीजीले अध्यापन गरीदिनुपर्ने आग्रह गरेको थियो। तर योगी जी ले नेपालका प्रत्येक गाउँका मानिसहरुलाई ज्ञान-विज्ञानका शिक्षा प्रदान गर्न कोटीहोममा व्यस्त हुने भनेर सो प्रस्ताव तत्काल स्वीकार गर्न मान्नु भएन।

राजा महेन्द्रले उहाँलाई डाक्टर उपाधि लिन आग्रह गर्दा त्यो पदवी भन्दा गाउँमा गएर सबैलाई सचेत, ज्ञानी बनाउनुमा नै ठूलो प्राप्ति लाग्नेछ भनि उपाधि पनि लिन मान्नुभएन। उहाँको उद्देश्य सारा नेपालीको चेतनाको स्तर बढाउने थियो। त्यसैले उहाँ कोटीहोम गराउँदै गाउँ विकटका कुनाकाप्चामा गएर सबैलाई आत्मनिर्भर एवं ज्ञानी बन्ने शिक्षाको प्रेरणा दिंदै १२९ ओटा कोटीहोम सुसम्पन्न गर्नुभयो। वरिष्ठ पत्रकार प्रेम कैदीका अनुसार योगीजीको कोटीहोम आफैमा विश्व विद्यालय सरह बृहद र बहुआयामिक हुन्थ्यो।

जीवन, दर्शन, धर्म, अध्यात्म र विज्ञान सबैको सर्वसाधारणले बुझ्ने सरल भाषामा व्याख्या गरिन्थ्यो। साथै स्थानीय इतिहास तथा मौलिकताको अध्ययन एवं संकलन गर्ने सरल विधि पनि कोटी होम रहने गर्थ्यो।समाजमा भएका कुरीतिहरु हटाउन वहाँले ठूलो प्रयास गर्नुभएको थियो। शिल्पी समुदाय जो आधुनिक इन्जिनियर भन्दा अझै ज्ञानी छन्। न कुनै ज्यामिती न कुनै क्याल्कुलसको आधार लिई आधुनिक विज्ञानलाई नै चकित पार्नेगरी विभिन्न धातुहरुलाई आकार दिन सक्छन्।

त्यस्तो ज्ञानी, दक्षता भएका समुदायलाई समाजले दमन/दलन गरेको देखेर उनीहरूलाई पनि ब्राह्मणको हैसियतमा रहन सक्ने आधारहरु दिनुभयो। विभिन्न कोटीहोममा योजक बनाएर यज्ञमा समावेश गर्नुभएको थियो योगी जी ले। दलित समुदायका थुप्रै मानिसलाई उहाँले दिक्षा दिनुभएको थियो। महिलाहरु लाई पनि गायत्री अधिकार सम्पन्न बनाउन र समाजमा नारी पुरुष बराबर हुन् भन्ने उदाहरण स्थापित गर्नु भएको थियो योगि जी ले।

वातावरण, वनजङ्गल, खनिज आदिको बारेमा पनि उहाँले हाल चलेका दिगो विकासका नाराहरु भन्दा अझै उत्कृष्ट शैलीमा प्राकृतिक स्रोतको सदुपयोग र संरक्षण बारे नीति मार्गदर्शन लेख्दिनु भएको छ।
उहाँको हरेक गतिविधि/प्रवचनले नेपाललाई सुदृढ, सद्भाव एवं समृद्धिको मार्गमा लैजाने सम्भावना राख्थ्यो, जुन कुरा इन्डिया र पश्चिमाको स्वार्थ पुरा गर्ने मार्गमा अवरोध बन्न सक्थ्यो। पश्चिमाहरु खेल्ने भनेकै मानवअधिकार महिला अधिकारको बहानामा हो।

आइएनजिओ लगायतका संघ-संस्थाहरुको माध्यमले स्थानीयको दिमाग भुट्ने, लडाउने, टुटाउने-फुटाउने र राज गर्ने उनीहरुको नीति र खेला योगी जी ले ब्रिटिश इंडिया मै देखि सक्नु भएको थियो। र त्यो प्रपन्चलाई योगीजीको गतिविधिले निस्तेज गरेको थियो। त्यसैले उहाँलाई विदेशीका गोटी हरुको प्रयोग गरेर विभिन्न बहाना बनाएर जेल पनि हालियो। वाचन शिरोमणि नारायण पोखरेल पनि दलित मुक्तिको लागि अग्रसर रहेको कारणले नै मारिएका थिए।

योगी जी को हिमवत्खण्ड नामको पुस्तक यदि नेपालीमा अनुवाद गरेर पुनः मुद्रण गरेमा ईन्डियाले डकैत गरेको सबै सांस्कृतिक, धार्मिक, तिर्थस्थलको पोल खुल्छ। त्यसैले त्यो पुस्तक धेरै समय सम्म इन्डियन छापाखानाले छाप्न दिएनन् र नेपालमा रहेका इन्डियन गुलाम प्रयोग गरेर ती सबै जलाएर नष्ट पार्ने कोशिस गरियो। पछि ‘आध्यात्मिक नेपाल’ नामको पुस्तकमा नेपालको सबै धार्मिक महत्वको ठाउँ हरुको उल्लेख गरि योगिजिले पुस्तक लेख्नु भयो।

योगी जी ले नेपालमा रहेका सांस्कृत धार्मिक महत्वका स्थलहरूको अभिलेखीकरण गरिसक्नुभएको छ तर सबै पुस्तकहरुलाई दबाएर राख्न बाध्य पारिएको छ।कैयन पुस्तकहरु जलेर नष्ट भए, कैयनलाई पानीले गलाए, धेरै पुस्तकहरू धमिरा र किराले धुजाधुजा पारे। ५७२ पुस्तक, हजारौं दस्तावेज, प्राचीन चिठीपत्रका सक्कल एवं प्रतिलिपिहरु संकलन गरेर नेपालको असली इतिहास पहिचान बचाई दिएर जानुभयो योगी जी। सबै जातजातिका भाषा एवं इतिहास, जीवनशैलीका अनुसन्धान गरेर वंशावली तयार पारेर राख्नु भएको थियो योगी जी ले।

दार्जिलिङ देखि बर्मा देखि मानिसहरु आफ्नो मूल इतिहास बुझ्न योगीको पुस्तकको खोज्न नेपाल आइरहेका हुन्छन्। जर्मनी लगायत अन्य देशका संस्कृत विश्वविद्यालय बाट पनि योगी जी को दस्तावेजहरु हेर्न, लिन र अध्ययनको लागि भनेर आइरहेका हुन्छन् विदेशी हरु। ती पुस्तकमा के कति ज्ञान लुकेका होला ? त्यसको संरक्षण गर्न जरुरी छ।
मगर, तामाङ, राई, लिम्बु हाल आफूलाई मंगोल भन्नेहरुको समेत इतिहास ताडपत्र, ताम्रपत्र, शिलालेखमा लेखिएका सबै वृतान्त योगी जी ले नै व्याख्या प्रारम्भ गरिदिनु भएको थियो।

कैलाश कर्णाली खण्डमात्रै होइन योगी जी ले नेवार, किराँत, मगरात,अवध, मिथिला, थरुहट, तमुवान, ताम्सालिङ आदि नेपालका विभिन्न कालखण्डको इतिहास उजागर गरिदिनु भयो। यसैको आधारमा नै अन्य धेरै अनुसन्धान अघि बढ्न भ्याएका छन्। आफ्नो अन्तिम साँस सम्म आफु भन्दा ज्यादा माया नेपाल राष्ट्रलाई गर्ने युगपुरुष नरहरिनाथ का हरेक क्षण नेपाल र नेपालीको भलाइको लागि नै बिते।

 

Leave a Reply