किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

सामाचार

किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।टिम प्रमोद(खरेल)का गजमेरले फिनालेमा गजमेर मन्त्र ब्यान्डको ‘हिमाली नेपाली’ बोलको गीतमा प्रस्तुति दिएका थिए । किरणका पुर्खाहरु भुटान गएका थिए ।

तर भुटानबाट उनको परिवार निकालिए । नेपालमा पनि शरणार्थी भएर बसे ।अमेरिकाको शरणार्थी क्याम्पमा जन्मिएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएको अनुभव गरेका छन् । ‘मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,’किरणले भनेका छन् ।भ्वाइसको कार्यक्रममा गायिका प्रविशा अधिकारी, राजेश पायल राईले गायन प्रस्तुति दिएका थिए ।

 

Leave a Reply