प्रदेश २ः बोलबम जाँदै गरेको गाडी दुर्घटना ,एक काँवरियाको मृत्यू ,५ घाइते सहित एक बेपता !

सामाचार

न्यूज ब्यूरो, रौतहट । बोलबम जाँदै गरेको काँवरिया चढेको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने अन्य पाँच जना घाईते भएका छन् ।प्रदेश नम्बर २ कोरौतहटमा काँवरिया चढेको बोलोरो दुर्घटना हुँदा एक जना तिर्थालुको ज्यान गएको छ भने एक काँवरिया बेपत्ता पनि भएको प्रहरीले जनाएको छ ।

सोमवार (आज) बिहानै करिब ४ बजे बोलबम काँवरिया तिर्थालु चढेको बलेरो पिकअप गाडी चन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा दुर्घटना भएको हो ।गाडीमा सवार २० जना तिर्थालुहरु मध्ये बारा गढिमाई नगरपालिका वस्ने अन्दाजी वर्ष ४५ कि मिना देवी कोईरीको मृ,त्यू भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर एक जना महिला बेपता भएको बताईएको छ । वेपता महिलाको खोजी भइहेको र कसैले देखेमा खवर गरीदिन प्रहरीले अनुरोध गरेको छ ।बारा जिल्लाबाट बोलबम आएर बाग्मती नदिबाट जल बोकी फर्कने क्रममा ना ५ च ३१६६ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई नहरबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि नहरमा खसेका १८ जनालाई प्रहरी कै सहयोगमा नहरबाट उद्धार गरेको छ ।उद्दार गरिएको मध्येबाट ५ जना घाईतेलाई उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको डिएसपि लिलाराज लामीछानेले बताएका छन् ।

 

 

Leave a Reply