माओवादी र नेकपा बीच एकीकरण हुने!

सामाचार

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ ।नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता पक्षमा पारेपछि उसले आफ्नो खास शक्ति स्पष्ट  बुझिएको छ ।

त्यसपछि एकता प्रक्रिया बढ्ने नेकपा एसका एक नेताले बताए ।उपसभामुख नेकपा एसले पाउने सहमति भए अनुसार टुंगिएपछि एकता प्रक्रियाले गति लिने भएको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ ।आगामी आमनिर्वाचन अगावै एकीकरण गरेर जाने तयारी अनुसार माधव नेपालले संगठन निर्माणमा सक्रियता बढाइसकेका छन् ।

प्रचण्ड र माधव नेपालले विचार मिल्ने अन्य शक्तिसँग पनि एकता गरेर चुनावमा जाने रणनीति बनाइसकेको बुझिएको छ ।संघीयता, गणतन्त्र र धर्मनीरपेक्षका पक्षधर शक्ति एक भएर चुनावमा जाने गरी अग्रिम गृहकार्य अनुसार पछिल्लो घटना विकास भएको बुझिएको छ ।

Leave a Reply