प्रतिगामीअोलिको टाउकोमा हान्नै पर्ने स्थिति आयो, सारा जनतालाई काठमाडौंमा उतार्छु : प्रचण्ड

काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य […]

Continue Reading

प्रचण्ड : शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको […]

Continue Reading

प्रचण्डका गुरु वैद्य पनि ओलीकै पक्षम्म, तालमेल र पार्टी एकता गर्ने घोषणा !

काठमान्डौ – नेकपा क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य ‘किरण’ले संसद् प्रतिनिधिसभा पुर्नस्थापना जनताको अहितमा हुने बताएका छन् ।मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अदालतमा संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जारी रहे पनि पुर्नस्थापना अहिलेको आवश्यकता नभएको उल्लेख गरे । संसदीय व्यवस्था, मुलुकको संविधान र अहिलेको राजनीतिक प्रणाली असफलताको बाटोतर्फ गइसकेको अवस्थामा […]

Continue Reading

प्रदीप ज्ञवालीले सिमा मुद्दालाई सशक्त रुपमा उठाएपछि नयाँ दिल्ली तरंगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दूतका रुपमा भारतको नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय प्रमुखताका साथ उठाएका छन् । आफ्ना समकक्षी एस जयशंकरसँग भेटका क्रममा मन्त्री ज्ञवालीले सीमा विवादको कुरा उठाएका हुन् ।ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन शुक्रबार विहान दिल्ली गएका थिए । नेपालले सीमा विवाद र […]

Continue Reading

लोडसेडिङ मैले हटाएँ, जस कुलमान र जनार्दनले लिए जस: ऊर्जामन्त्री रायमाझी

बुटवल,सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आफू अघिल्लोपटक ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन आफैले योजना बनाएको तर त्यसको जस कुलमान र जनार्दन शर्माले लिएको बताएका छन् । अब उर्जासंकट आउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै पार्टी फुटको सन्दर्भमा प्रचण्डहरुले जनयुद्धको लिगेसी छोडेको कारण आफू ओलीतिर लागेको बताए । आफूहरु जनयुद्धको मर्म र भावनासम्बत रहेको बताउँदै उनले […]

Continue Reading

राजनीति र संविधान जोगाउन फेरि लाखौंले बलिदानी दिनुपर्ने: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान उपलब्धि जोगाउन फेरि लाखौंको बलिदानी गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । संविधानसभा सदस्य मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा भट्टराईले ‘अहिलेको संविधानको हत्या गरेर लोकतन्त्र जोगिँदैन। म त यसपछिको अवस्था झनै डरलाग्दो […]

Continue Reading

अदालतको फैसला लगत्तै थप ६ वटा ठूला कदम चाल्ने तयारीमा ओली!

प्राध्यापक एवं अनुसन्धानकर्ता अम्बरिश पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा चाल्न सक्ने कदमहरुको भविष्यवाणी गरेका छन् । हरेक परिस्थितिको तथ्यमा विश्लेषण गर्न माहिर पोखरेलले ६ वटा कदम ओलीले चाल्न सक्ने र त्यसको परिणाम पनि सकारात्मक आउन सक्ने उल्लेख छ। १. अदालतले संसद विघट्नलाई यदि सदर गर्योर भने, आगामी कात्तिक मंसिरतिर वा जहिले भए पनि […]

Continue Reading

ओलीलाई उचालेर संसद भंग र नेकपा पार्टि फुटाउन सफल भयौं : एसडी मुनि

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेपाल फेरि एउटा राजनीतिक संकटमा फसेको छ। ओलीको कदमको संवैधानिक वैधतामाथि प्रश्न उठेपछि सबैले त्यस विषयमा सर्वोच्च अदालतको फैसला पर्खिरहेको अवस्था छ। पहिलेभन्दा अहिले एउटा कुरा फरक देखिएको छ। आफ्नो सत्ता हल्लिनुमा ओलीले यसपटक भारतलाई दोष दिएका छैनन्।उनले आफूलाई सरकार सञ्चालनमा असहयोग गरेको आरोप आफ्नै पार्टीका वरिष्ठ […]

Continue Reading

अब डोकोमा होइन, ट्रयाक्टरमा बोक्ने  वातावरण बनाउँछौं पहाडमा पनि: प्रधानमन्त्रि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गालीगलौजमा नलागी कृषिमा आधुनिकीकरणमा लाग्ने बताएका छन्।पछिल्लो राजनीतिक घटनाक्रममा सिर्जित अवस्थामा केही राजनीतिमा लागेकाहरू गालीगलौजमा उत्रिएको भन्दै उनले आफू विवादपट्टि नलागी वन संरक्षणमा लाग्ने बताएका हुन्।धनगढीमा ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको सभामा बोल्दै ओलीले यस्तो बताएका हुन्। ‘केन्द्रीय कमिटी बैठकमा नगएर बाटोमा बसेर हामी यहाँ छौं भनेका […]

Continue Reading

भारतका पूर्व राष्ट्रपतिको पुस्तकमा सनसनीपूर्ण दाबी : नेपाललाई भारतको हिस्सा बनाउन नेहरुलाई त्रिभुवनको अफर

भारतका दिवंगत पूर्वराष्ट्रपति डा. प्रणब मुखर्जीले आफ्नो पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालमा बारे सनसनीपूर्ण खुलासा गरेका छन् । पुस्तकमा मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु समक्ष नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव राखेको तर नेहरुले त्यसलाई अस्वीकार गरेको दाबी गरेका छन् । पुस्तकको ११ औँ भागमा ‘माई प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट […]

Continue Reading